Trending
Prev Story
Next Story

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

Bizshala •
November 12, 2026 • 01:03 PM
1
1 reads 0 reactions

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ। सुलभ आवासको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच राजधानी म्याड्रिड तथा बार्सिलोनामा झडप भएको हो।

अधिकारीहरूको अनुमानअनुसार म्याड्रिडमा करिब एक लाख २० हजार र बार्सिलोनामा ५५ हजार मानिस प्रदर्शनमा सहभागी भए। भारी वर्षाका बाबजुद यी दुई सहरमा मात्रै करिब पौने दुई लाख मानिस सडकमा उत्रिएका थिए। देशका अन्य सहरमा पनि प्रदर्शन भएको थियो।

स्पेनका दुई प्रमुख श्रमिक संगठन युजिटी र सीसीओओसहित अन्य श्रमिक तथा भाडावालाका संगठनले हडताललाई समर्थन गरेका थिए। यी दुई ठूला श्रमिक संगठनले संयुक्त रूपमा समर्थन गरेको यो १४ वर्षयताको पहिलो आमहडताल हो। बढ्दो भाडा र घरबाट निष्कासनका घटनाविरुद्ध श्रमिक तथा आवास अधिकारका समूहले दबाब बढाएका हुन्।

र्‍यालीपछि झडप बार्सिलोनामा १८ जना पक्राउ

म्याड्रिड र बार्सिलोनामा र्‍यालीपछि मास्क तथा हुड लगाएका केही समूहले प्रहरीमाथि वस्तु प्रहार गर्नुका साथै फोहोरका डब्बामा आगजनी गरेका थिए। ती समूहलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र रबरका गोली प्रयोग गरेको थियो। बार्सिलोनामा १८ जना पक्राउ परेका छन्।

हडतालले सार्वजनिक यातायात तथा केही व्यावसायिक गतिविधिमा असर पारेको थियो। विशेषगरी बार्सिलोना र आसपासका क्षेत्रमा रेल, मेट्रो तथा बस सेवा प्रभावित भएका थिए।

हडतालको प्रभावबारे श्रमिक र रोजगारदाता संगठनले फरक दाबी गरेका छन्। युजिटीले ठूलो सहभागिता भएको भन्दै हडताल सफल भएको जनाएको छ। रोजगारदाता संगठन सीईओईले भने अधिकांश क्षेत्रमा कामकाज सामान्य रहेको दाबी गरेको छ। श्रमिक संगठनले पनि सबै क्षेत्रमा सहभागिता समान नरहेको स्वीकार गरेका छन्।

आवास संकटले स्पेनको चुनावी राजनीतिलाई समेत प्रभावित गरेको छ। घरबाट निष्कासन रोक्ने र भाडाको दबाब घटाउने सरकारी प्रस्ताव संसद्बाट अस्वीकृत भएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले मध्यावधि निर्वाचन घोषणा गरेका थिए। प्रदर्शनकारी तथा श्रमिक नेताहरूले आवास संकटको जिम्मेवारी केन्द्रीय सरकार र क्षेत्रीय तथा स्थानीय नेतृत्वले लिनुपर्ने बताएका छन्।

स्पेनको आधिकारिक राजपत्रअनुसार अक्टोबर ५ मा संसद्का दुवै सदन विघटन गर्दै नोभेम्बर २९ का लागि निर्वाचन घोषणा गरिएको थियो। मतदानको तीन साताभन्दा कम समय बाँकी रहँदा भएको आमहडतालले सुलभ आवास र जीवनयापनको खर्चलाई चुनावी बहसको केन्द्रमा ल्याएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1d ago
महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

घरायसी खर्च र आवासको मूल्य बढेको विरोधमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी सहभागी, बार्सिलोनामा आगजनी र प्रहरीसँग झडप

#म्याड्रिड #बार्सिलोना #घरभाडाविरुद्ध
Compare →
Hamro Patro News
1d ago
स्पेनको आमहडतालका क्रममा बार्सिलोनामा प्रहरी र नकाबधारीहरूबीच झडप

स्पेनको आमहडतालका क्रममा बार्सिलोनामा प्रहरी र नकाबधारीहरूबीच झडप

आवास समस्या र बढ्दो महँगीको विरोधमा स्पेनमा प्रमुख ट्रेड युनियनहरूले १४ वर्षयता पहिलो पटक आह्वान गरेको आमहडतालमा दशौँ हजार सहभागी भएका छन् र सो क्रममा बार्सिलोनामा नकाबधारी व्यक्तिका समूहहरू र प्रह...

#स्पेन #आमहडताल #बार्सिलोना
Compare →
Onlinekhabar
1d ago
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#स्पेन #प्रदर्शन #बार्सिलोना
Compare →
Nagarik News
1d ago
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।

#प्रदर्शन #बार्सिलोना #स्पेन
Compare →

Related Stories

National (Nepal)
Build #2611