Trending
Prev Story
Next Story

महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

Ekantipur •
November 12, 2026 • 02:01 AM
1
1 reads 0 reactions

घरायसी खर्च र आवासको मूल्य बढेको विरोधमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी सहभागी, बार्सिलोनामा आगजनी र प्रहरीसँग झडप

महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

घरायसी खर्च र आवासको मूल्य बढेको विरोधमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी सहभागी, बार्सिलोनामा आगजनी र प्रहरीसँग झडप

बढ्दो महँगी र आवास खर्चको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा बार्सिलोना र राजधानी म्याड्रिडमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी सहभागी भएको बताइएको छ ।

बार्सिलोनामा प्रदर्शनका क्रममा नकाबधारी समूहले फोहोर फाल्ने कन्टेनरमा आगो लगाउनुका साथै पसलका सिसा फुटाएका थिए । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । स्पेनको गृह मन्त्रालयका अनुसार विभिन्न घटनामा दर्जनौंलाई पक्राउ गरिएको छ ।

आमहडतालका कारण स्पेनभर यातायात र अन्य सार्वजनिक सेवाहरू प्रभावित भएका छन् । म्याड्रिड र बार्सिलोनाका प्रमुख सडकहरूमा आवागमन अवरुद्ध भएको थियो ।

बार्सिलोनाको प्रदर्शनमा सहभागी एक महिलाले बीबीसीसँग अधिकांश प्रदर्शन शान्तिपूर्ण रहेको बताएकी छन् । उनका अनुसार प्रदर्शनमा बालबालिका र वृद्धवृद्धासमेत सहभागी थिए । तर, साँझपख सडकका विभिन्न स्थानमा आगलागी भएको उनले बताइन् ।

स्पेनमा सस्तो आवासको माग र दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्यविरुद्ध केही समययता प्रदर्शन हुँदै आएका छन् । म्याड्रिडमा ८७ वर्षीया मारीकार्मेन अबास्काललाई सात दशकदेखि बस्दै आएको फ्ल्याटबाट निकालिएपछि विरोध चर्किएको थियो । केही सातापछि अस्पतालमा उनको मृत्यु भएको थियो ।

प्रदर्शनमा सहभागी ३७ वर्षीया शिक्षिका ओल्गा डोमिङ्गोले आम्दानीको तुलनामा दैनिक खर्च बढ्दै जाँदा जीवनयापन कठिन बनेको बताइन् ।

स्पेनमा आगामी नोभेम्बर २९ मा संसदीय निर्वाचन हुँदैछ । आवास सुधारसम्बन्धी आफ्नो योजनाले संसद्बाट स्वीकृति नपाएपछि प्रधानमन्त्री पेद्रो सान्चेजले गत महिना समयअगावै निर्वाचन गराउने घोषणा गरेका थिए ।

प्रधानमन्त्री सान्चेज र उनका मन्त्रीहरूले सस्तो आवासको माग गर्दै काम रोक्न सर्वसाधारणलाई प्रोत्साहित गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#बार्सिलोना #म्याड्रिड #घरभाडाविरुद्ध
Compare →
Hamro Patro News
1d ago
महँगी र आवास सङ्कटविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल

महँगी र आवास सङ्कटविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल

म्याड्रिड । बढ्दो महँगी, घरभाडा र आवास सङ्कटको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक भएको आमहडतालका क्रममा राजधानी म्याड्रिड र बार्सिलोनामा व्यापक प्रदर्शन भएको छ । देशका प्रमुख मजदुर सङ्गठनहरूको आह्...

#बार्सिलोना #म्याड्रिड #आवास
Compare →
Nagarik News
1d ago
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।

#बार्सिलोना #झडप #आवास
Compare →
Onlinekhabar
1d ago
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#बार्सिलोना #आवास #महँगी
Compare →

Related Stories

World News
Build #2611