त्रिभुवन राजपथ हुँदै हेटौडातर्फ आउँदै गरेको उक्त कारलाई बिहीबार बिहान पौने २ बजे भैसे चौकीका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा जफत गरिएको हो ।
हेटौडा — मकवानपुर प्रहरीले बिहीबार बिहान भीमफेदी, भैसेबाट १ सय १७ किलो गाँजासहित एक कार नियन्त्रणमा लिएको छ ।
त्रिभुवन राजपथ हुँदै हेटौडातर्फ आउँदै गरेको उक्त कारलाई बिहीबार बिहान पौने २ बजे भैसे चौकीका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा गाँजा जफत गरिएको हो । चालक भने गाडी छोडेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए ।
बी ए बी ४४३१ नम्बरको उक्त कारको पछाडी डिकीमा लुकाई राखिएको ९ पोकाबाट ११७ किलो ९१० ग्राम गाँजा बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।