३ मंसिर, काठमाडौं । मकवानपुरको भैंसेबाट ११७ किलोग्राम गाँजा बरामद भएको छ ।
पालुङबाट भैंसे तर्फ जाँदै गरेको बीएबी ४४३१ नम्बरको कारबाट उक्त परिमाणको गाँजा आज बिहान बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान १:४० बजेको समयमा भिमफेदी गाउँपालिका-२ भैसे स्थित भैसे चेकपोस्टमा खटिएको टोलीले उक्त कारमा जाँच गरेको थियो ।
कार रोकेर कारको जाँच गर्न थाले पछि पहिचान नखुलेका कार चालकले केही छैन भन्दै फरार भएको प्रहरीले जनाएको छ ।
जाँचको क्रमममा कारको पछाडिको डिकी खोली हेर्दा साना ठूला गरी ९ वटा पोकामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद भएको गाँजा र कारलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।