Trending
Prev Story
Next Story

सरकारले राजनीतिक दलका नेता र सञ्चार माध्यमप्रति प्रतिशोधपूर्ण व्यहार गर्‍यो : पूर्व राष्ट्रपति भण्डारी

Ekantipur •
November 19, 2026 • 05:32 AM
2
2 reads 0 reactions

पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् ।

सरकारले राजनीतिक दलका नेता र सञ्चार माध्यमप्रति प्रतिशोधपूर्ण व्यहार गर्‍यो : पूर्व राष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् ।

काठमाडौँ — पूर्वराष्ट्रपति एवं एमाले वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारले राजनीतिक दलका नेता तथा सञ्चारमाध्यमप्रति प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएकी छन् । उनले एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कानुनी प्रक्रिया पूरा नगरी सरकारले नेता तथा व्यक्तिहरूलाई निशाना बनाएको आरोप लगाएकी हुन् ।

‘सर्वविदितै छ, लोकतान्त्रिक व्यवस्थामा संसद्, संसदीय प्रक्रिया, प्रतिपक्षको भूमिका तथा संवैधानिक निकायहरूको स्वतन्त्रता र मर्यादाको सम्मान हुनुपर्दछ । राज्यका अंग तथा निकायहरू संविधानभन्दा माथि हुन सक्दैनन् । सरकारका निर्णय र गतिविधि संविधान, कानुन र लोकतान्त्रिक उत्तरदायित्वको सीमाभित्र रहनुपर्छ । जुनसुकै रूपमा प्रकट हुने निरंकुशता, स्वेच्छाचारिता र अराजकता नेकपा (एमाले) लाई स्वीकार्य हुँदैन,’ उनले भनिन् ।

‘केही समययता राजनीतिक दलका नेता तथा सार्वजनिक जीवनमा क्रियाशील व्यक्तिहरू र सञ्चारमाध्यमप्रति सरकारद्वारा लक्षित कतिपय गतिविधिले ठूलो चिन्ता उत्पन्न गराइरहेका छन् । कानुनी प्रक्रिया पूरा नगरी प्रतिशोधपूर्ण व्यवहार गर्ने, राजनीतिक असहमतिका आधारमा व्यक्तिलाई निशाना बनाएर प्रहरी नियन्त्रणमा लिने वा सञ्चारमाध्यमको स्वतन्त्रता संकुचित गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारअनुकूल हुन सक्दैनन् ।’

उनले कानुन उल्लङ्घन भएको भए निष्पक्ष छानबिन र न्यायिक प्रक्रियाबाट निरूपण हुनुपर्ने बताउँदै कानुनलाई राजनीतिक प्रतिशोधको साधन बनाउन नहुने धारणा राखिन् ।

‘राष्ट्रसेवक कर्मचारी, सम्पूर्ण सुरक्षा निकाय र नागरिक समाजको मनोबल गिराउने कार्य कहीँकतैबाट हुनु हुँदैन,’ उनले भनिन्, ‘लोकतन्त्रमा सरकारको आलोचना गर्ने र असहमति राख्ने अधिकार सबैलाई हुन्छ र यसो हुने अवस्था सिर्जना गर्नु नै लोकतन्त्रको मूल्यबोध हो । स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक प्रतिस्पर्धाको सम्मानबिना लोकतन्त्र बलियो हुन सक्दैन । त्यसैले अहिलेको आवश्यकता प्रतिशोध र निषेध होइन, संवाद, सहकार्य र राष्ट्रिय सहमति हो ।’

राष्ट्रियता र राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक गणतन्त्रको संरक्षण तथा संवर्द्धन, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण, सामाजिक न्यायको प्रवर्द्धन र जनजीविकाको विकासका लागि आन्दोलन गर्न अग्रसर हुने उनले बताइन् ।

गंगा कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनले सरकार, माओवादी द्वन्द्व र नेपालका कम्युनिष्ट दलहरुका विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
21h ago
पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा

पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको राष्ट्रिय भेलामा

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी भएकी छन् । राष्ट्रपति बनेपछि पार्टीको औपचारिक जिम्मेवारीबाट अलग भएकी भण्डारी जि...

#भण्डारी #पूर्व #राष्ट्रपति
Compare →
Nagarik News
40m ago
फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी

फागुन २१ को चुनावी धक्का अस्थायी हो: वरिष्ठ नेता भण्डारी

नेकपा (एमाले) की वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष फागुन २१ को निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको धक्का अस्थायी भएको बताएकी छन्।

#भण्डारी
Compare →

Related Stories

Politics & Governance
Build #2612