गएराति भएको दुर्घटनामा मोटरसाइकल धान काट्ने मेसिनमा ठोक्किएको र दुवै युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
भद्रपुर (झापा) — बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा २ जना युवकको मृत्यु भएको छ ।
विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो ।