Trending
Prev Story
Next Story

कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन

Nagarik News •
November 19, 2026 • 04:26 AM
2
2 reads 0 reactions

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेला स्थलमा बस्न आग्रह गरेका छन्।

कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने : एमालेको राष्ट्रिय भेला हाटबजार होइन

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेला स्थलमा बस्न आग्रह गरेका छन्।

राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन दिएका हुन्। उनले भने, 'एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो।'

हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरू हलबाट बाहिरिएको, अनधिकृत व्यक्तिहरूको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरूलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिए।

'भेलालाई भेला जस्तो बनाउनु पर्छ। हिजो अन्तिममा फाट्टफुट्ट साथीहरू मात्रै थिए। घरका मान्छेहरूले सोधे भने के गर्ने होला? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरू हुनुहुन्छ। उहाँहरूको अनुमतिमा जानुहोला। शौचका लागि नजिक शौचालयमा जानुहोला। कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो', उनले भने, 'एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन।'

प्रकाशित: ३ मंसिर २०८३ १०:११ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

एमालेको राष्ट्रिय कार्यकर्ता भेला सुरु

स्थानीय तह निर्वाचनको तयारी र पार्टीलाई सुदृढ बनाउने लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिरुवामा पानी हा...

#केपी-ओली #भेला #कार्यकर्ता
Compare →
Onlinekhabar
15h ago
राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

राष्ट्रिय भेलामा ओलीको सन्देश : एमाले फेरि उठ्छ, सरकारमा फर्कन्छ

२ मंसिर, काठमाडौं । देशभरका ३५ सय बढी नेता–कार्यकर्ताको भेला गरेर नेकपा एमालेका नेताहरूले अहिलेको संकटबाट पार्टी फेरि उठ्ने सन्देश दिएका छन् । भेलाको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले हेर्दाहेर्दै एमाले देशको नेतृत्वमा फर्कने विश्वास …

#केपी-ओली #भेला #एमा
Compare →
Ekantipur
21h ago
एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

एमाले फेरि सरकारमा फर्किन्छ, मूल ढोकाबाटै सिंहदरबार पस्छौं : केपी ओली

बुधबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पहिला पनि कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा नपुगेको र अब फेरि सरकारमा फर्कने बताएका हुन् ।

#केपी-ओली #भेला #एमा
Compare →
Arthasansar
21h ago
सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

सबैले कान खोलेर सुने हुन्छ, एमाले फेरि सत्तामा पुग्छ - केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले पुनः सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । काठमाडौंमा आजबाट सुरु भएको...

#केपी-ओली #ओली #एमाले
Compare →

Related Stories

Politics & Governance
Build #2612