Trending
Prev Story
Next Story

देउवा पक्षको कांग्रेस लुम्बिनी प्रदेश समिति सर्वसम्मत, रोज राणा बने सभापति

Ekantipur •
November 24, 2026 • 05:33 AM
12
12 reads 0 reactions

लुम्बिनीका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी थिए ।

देउवा पक्षको कांग्रेस लुम्बिनी प्रदेश समिति सर्वसम्मत, रोज राणा बने सभापति

लुम्बिनीका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी थिए ।

कांग्रेसको शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश समिति सर्वसम्मत चयन भएको छ । समितिको सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत भएका छन । त्यस्तै उपसभातिमा तीन र महामन्त्रीमा पनि तीन जना सर्वसम्मत भएका छन ।

सभापतिमा सर्वसम्मत भएका राणा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत हुन् । सोमबार राति देउखुरीको पाखापानीमा सम्पन्न देउवा पक्षको दोस्रो प्रदेश अधिवेशनबाट सभापतिमा थापासहित उपसभापतिमा पाल्पाका माधव नेपाल, कपिलवस्तुका डोलकराम घिमिरे र बाँकेकी माया पुन सर्वसम्मत भएका हुन् । त्यस्तै महामन्त्रीमा पनि रोल्पाका दुर्गाबहादुर खड्का, दाङका बमबहादुर डीसी र बर्दियाका गोविन्दप्रसाद थारू निर्विरोध निर्वाचित भएको कांग्रेस प्रदेश अधिवेशन संयोजक गेहेन्द्र गिरीले बताए ।

लुम्बिनीमा सभापतिका लागि अहिलेका संयोजकसहित ३ जनाले दाबी गर्दै आएका थिए । अहिलेका संयोजक गेहेन्द्र गिरीलाई केन्द्रीय सदस्य बनाउने, अर्का दाबेदार गुल्मीका दामोदर भुसाललाई पनि केन्द्रीय समितिमै जिम्मेवारी दिने र पाल्पाका माधव नेपाललाई उपसभापति बनाएर सर्वसम्मत नेतृत्व चयन भएको अधिवक्तासमेत रहेका नेता कृष्ण पोखरेलले बताए ।

लुम्बिनी प्रदेशका १२ जिल्लाबाट तीन हजारभन्दा बढी प्रतिनिधि अधिवेशनमा सहभागी थिए । अन्य सदस्यहरू पनि सर्वसम्मत बनाउनेगरी छलफल चलिरहेको पोखरेलले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत

बुटवल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका राणा स...

#सर्वसम्मत #लुम्बिनी #राणा
Compare →
Nagarik News
6h ago
देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

प्रविधिको प्रयोगमार्फत गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको स्वास्थ्य अवस्था निगरानी गर्न प्रदेशले विशेष ‘डिजिटल एप’ समेत तयार पारेको छ।

#लुम्बिनी
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी...

#लुम्बिनी
Compare →
Arthasansar
3d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2625