Trending
Prev Story
Next Story

कांग्रेस बैठकमा उठ्यो देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई कारबाहीको माग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
10
10 reads 0 reactions

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय भएका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्नुपर्ने विषय उठेको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव …

कांग्रेस बैठकमा उठ्यो देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई कारबाहीको माग

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्ने महाधिवेशनमा सक्रिय भएका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्नुपर्ने विषय उठेको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिमा दोस्रो दिन धारणा राख्दै केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले वैधानिक महाधिवेशनको विरुद्धमा लाग्ने जनप्रतिनिधिहरूलाई कारबाही गर्नुपर्ने विचार राखेका छन् ।

‘पार्टीको टिकट, झण्डा र कार्यकर्ताको पसिनाबाट निर्वाचित कतिपय जनप्रतिनिधिहरू पार्टीको वैधानिक महाधिवेशन र विधि, प्रक्रियागत गतिविधिमा सहभागी नभई आज पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न छन्,’ तिमिल्सिनाले बैठकमा भने, ‘पदमा पुगेपछि अनुशासन उल्लंघन गर्ने प्रवृत्तिको अन्त्य गर्न यस्ता जनप्रतिनिधिहरूको तथ्यगत छानबिन गरी विधान बमोजिम तत्काल अनुशासनको कारबाही गर्न र निर्वाचन आयोग मार्फत पदमुक्त गर्न म जोडदार माग गर्दछु ।’

देउवा पक्षको महाधिवेशनमा लाग्ने जनप्रतिनिधिलाई हटाउने संकेत हिजोको बैठकमा सभापति गगन थापाले गरेका थिए ।

‘हामी तयार छौँ अभियानलाई प्रभावकारी बनाउन कार्ययोजना र कार्यविभाजनसहित पार्टीपंक्ति पूर्ण रूपले परिचालन गर्नुपर्ने विचार तिमिल्सिनाले राखे ।

तिमिल्सिनाले नेविसंघ , तरुण दल , महिला संघ , किसान महासंघ , ट्रेड युनियन,दलित संघ, लोकतान्त्रिक खेलकुद संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संस्थाले ३ देखि ६ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका तय गर्नुपर्ने बताए ।

बाढी प्रभावित परिवारलाई तत्काल उचित राहत, सुरक्षित आवास सहित पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र जीविकोपार्जनको व्यवस्था मिलाउन सरकारमाथि पार्टीले ठोस दबाब सिर्जना गर्नुपर्ने उनले बताए ।

लोकतन्त्रका आधारभूत स्तम्भ, मूल्य, मान्यताको संरक्षण र सबलीकरणको निम्ति संसद् र सडकबाट सरकारलाई सशक्त खबरदारी गर्नुपर्ने उनले बताए ।

तिमिल्सिनाले भने, ‘सरकारका स्वेच्छाचारी गतिविधि, भ्रष्टाचार तथा राष्ट्रिय हित र कूटनीतिक मर्यादाविपरीतका कमजोरीहरूमाथि स्पष्ट दृष्टिकोण राखेर प्रतिरोध गर्न ढिला गर्नु हुँदैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
कांग्रेस देउवा समूहको महाधिवेशन खुलामञ्चमा, ५९ जिल्लाको अधिवेशन सम्पन्न

कांग्रेस देउवा समूहको महाधिवेशन खुलामञ्चमा, ५९ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ । समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समिति संयोजक अधिवक्ता एक...

#शेरबहादुर-देउवा #महाधिवेशन #कांग्रेस
Compare →
Nagarik News
3d ago
बेलायतमा पनि फुट्यो कांग्रेस, देउवाद्वारा जनसम्पर्क समितिको कामको प्रशंसा

बेलायतमा पनि फुट्यो कांग्रेस, देउवाद्वारा जनसम्पर्क समितिको कामको प्रशंसा

नेपाली कांग्रेसको आन्तरिक विभाजनको असर बेलायतस्थित पार्टीको भ्रातृसंस्था नेपाली जनसम्पर्क समिति बेलायतमा पनि देखिएको छ।

#महाधिवेशन #कांग्रेस #देउवा
Compare →
Ekantipur
1d ago
कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

कांग्रेसमा १५ औँ महाधिवेशनबाट आएको नेतृत्व र नीतिको विवरण निर्वाचन आयोगमा अद्यावधिक

निर्वाचन आयोगले भन्यो- 'कांग्रेसको १५औँ महाधिवेशनबाट आएको कार्यसमितिको विवरण र विधानमा भएको संशोधन अद्यावधिक गर्नका लागि निवेदन आएको थियो । सोही निवेदनअनुसार आयोगले निर्णय गरेर अद्यावधिक भएको जानकारी उहाँहरूलाई पत्र लेखेर पठाइएको छ ।'

#महाधिवेशन #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2639