Trending
Prev Story
Next Story

कांग्रेस देउवा पक्षको मोरङ अधिवेशन १० दिनदेखि अनिश्चित

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
0
0 reads 0 reactions

१० मंसिर, विराटनगर । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको मोरङ जिल्ला अधिवेशन सुरु भएको १० दिन बितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन । १५औं नियमित महाधिवेशनअन्तर्गत सुरु भएको जिल्लाको नेतृत्व चयन प्रक्रिया आन्तरिक …

कांग्रेस देउवा पक्षको मोरङ अधिवेशन १० दिनदेखि अनिश्चित

१० मंसिर, विराटनगर । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको मोरङ जिल्ला अधिवेशन सुरु भएको १० दिन बितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन । १५औं नियमित महाधिवेशनअन्तर्गत सुरु भएको जिल्लाको नेतृत्व चयन प्रक्रिया आन्तरिक सहमति जुट्न नसक्दा अनिश्चित बनेको हो ।

१ मंसिरमा सुरु भएको अधिवेशन भोलिपल्टै सम्पन्न गर्ने कार्यसूची तय गरिएको थियो । तर नियमित महाधिवेशन पक्षधर नेताहरूबीच सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने विषयमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया नै अनिश्चितकालका लागि रोकिएको छ ।

अधिवेशनमा जिल्ला सभापति पदमा सुवास पौडेल, खगेन्द्र थापा र विनायक पन्तले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, उपसभापतिमा ३ र सचिव पदमा ४ जनाको उम्मेदवारी परेको छ ।

निर्धारित संख्याभन्दा बढी उम्मेदवारी परेपछि सहमतिमै नेतृत्व टुङ्ग्याउने उद्देश्यले छलफल गरिएको थियो । तर लामो कसरतका बाबजुद सर्वसम्मतिबाट निकास निस्कन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो ।

सहमतिको प्रयास सफल नभएपछि मोरङका निर्वाचन अधिकृत अधिवक्ता सचिन सिंहले मंसिर ७ गते नै केन्द्रीय निर्वाचन समितिलाई पत्र लेख्दै निर्वाचन स्थगित गरिएको जानकारी गराएका थिए ।

निर्वाचन अधिकृत सिंहले पठाएको पत्रमा केन्द्रीय निर्वाचन समितिसँग आवश्यक सल्लाह र परामर्श गरी मतदानको नयाँ मिति निर्धारण गर्ने तथा अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको उल्लेख छ ।

निर्वाचन स्थगन गरिएको जानकारी पन्ध्रौं नियमित महाधिवेशन केन्द्रीय कार्यालय चुनदेवी, कोशी प्रदेश समिति र मंसिर १ गते उम्मेदवारी दर्ता गराएका सम्पूर्ण उम्मेदवारलाई समेत बोधार्थमार्फत पठाइएको छ ।

अधिवेशन सुरु भएको १० दिन बितिसक्दा पनि न सहमति जुट्न सकेको छ न त निर्वाचनको अर्को मिति नै तय भएको छ । जसका कारण देउवा समूहको मोरङ कांग्रेसको नेतृत्व चयन प्रक्रिया अन्योलमा परेको छ ।

जिल्ला निर्वाचन अधिकृत सिंह मोरङको अवस्थाका बारेमा केन्द्रीय निर्वाचन समितिको निर्देशनपछि अघि बढ्ने बताउँछन् । ‘हामीले माथि लेखेर पठाएका छौं । केन्द्रीय निर्वाचन समितिको निर्णय कुरेर बसेका छौं,’ उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज, साँझसम्म नयाँ नेतृत्व चयनको तयारी

नेपाली कांग्रेसको देउवा पक्षको लुम्बिनी प्रदेश अधिवेशन आज दाङको भालुवाङमा सुरु हुँदैछ। अधिवेशनलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, डा. शशांक कोइराला, एनपी साउद, विमलेन्द्र निधि...

#शेरबहादुर-देउवा #अधिवेशन #कांग्रेस
Compare →
Ekantipur
4d ago
कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको सभापतिमा ओम गुरुङ निर्वाचित

कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबार सुरु भएको थियो । सभापतिमा दावेदारी दिने धेरै भएपछि अधिवेशन लम्बिएको थियो ।

#अधिवेशन #कांग्रेस #देउवा
Compare →
Nagarik News
2d ago
कांग्रेस पूर्वसभापति देउवाको प्रतिबद्धता : अब जीवनभर देशको सेवा गर्छु

कांग्रेस पूर्वसभापति देउवाको प्रतिबद्धता : अब जीवनभर देशको सेवा गर्छु

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको बताएका छन्।

#शेरबहादुर-देउवा #कांग्रेस #देउवा
Compare →

Related Stories

Politics & Governance
Build #2639