कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबार सुरु भएको थियो । सभापतिमा दावेदारी दिने धेरै भएपछि अधिवेशन लम्बिएको थियो ।
गोरखा — नेपाली कांग्रेस देउवा समुह गोरखाको सभापतिमा ओम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेस देउवा समूह गोरखाको जिल्ला अधिवेशन शुक्रबारबाट शुरु भएको थियो । गुरुङसहित भूगोल थापा र मीन नेपालले सभापतिमा दाबी गरेपछि अधिवेशन लम्बिएको थियो ।
सहमतिबाटै आइतबार सभापतिमा गुरुङलाई सर्वसम्मत चयन गरिएको उक्त जनाइएको छ । सभापतिमा निर्वाचित गुरुङ अजिरकोट गाउापालिका–३ का हुन् । गोरखा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य भने टुङ्गिन बाँकी रहेको नवनिर्वाचित सभापति गुरुङले बताए । पदाधिकारीसहित ४८ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।
हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।