Trending
Prev Story
Next Story

कांग्रेस एकताबद्ध भए कुनै शक्तिले हराउन सक्दैन : शशांक कोइराला

Ekantipur •
November 20, 2026 • 02:02 PM
2
2 reads 0 reactions

गोरखामा देउवा समूहको जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले आगामी निर्वाचनमा एक भएर गए बहुमतको सरकार बन्ने दाबी गरे ।

कांग्रेस एकताबद्ध भए कुनै शक्तिले हराउन सक्दैन : शशांक कोइराला

गोरखामा देउवा समूहको जिल्ला अधिवेशन उद्घाटन गर्दै कोइरालाले आगामी निर्वाचनमा एक भएर गए बहुमतको सरकार बन्ने दाबी गरे ।

गोरखा — कांग्रेसका पूर्वसहमहामन्त्री तथा देउवा समूहका नेता शशांक कोइरालाले पार्टी एकताबद्ध भए कुनै शक्तिले हराउन नसक्ने बताएका छन् । शुक्रबार गोरखामा देउवा समूहको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोइरालाले ८० वर्षको इतिहास बोकेको पार्टीको सदस्य हुन पाउँदा गर्व लागेको बताए ।  ‘आउँदो दिनमा कांग्रेस एकताबद्ध भयो भने कुनै शक्तिले हराउन सक्दैन,’ उनले भने, ‘८० वर्षको इतिहास छ, निरन्तर इतिहास बोकेको यस्तो पार्टी विश्वमा विरलै पाइन्छ, पार्टीको सदस्य हुँ भन्दा पनि गर्व लाग्छ ।’

आउँदो निर्वाचनमा एक भएर जान सके कांग्रेसले बहुमतको सरकार बनाउने उनले दाबी गरे ।  ‘आउँदो चुनावमा टिकट एउटा मात्र हुन्छ,  प्रत्यासी धेरै हुन्छन्,’ उनले थपे, ‘जसले टिकट पाउँछ उसलाई जिताउनु पर्‍यो, मैले टिकट पाए ठिक, उसले पाए बेठिक भन्नुहुँदैन ।’

अधिवेशन उद्घाटन समारोहमा कोइरालाले कांग्रेसमा देखिएको अन्तरविरोधबारे भने खुलेर बोलेनन् । नेताहरूलाई गाली गरेको आफूलाई मन नपर्ने उनले बताए । ‘जति गाली गर्‍यो उसको महत्त्व बढिरहेको हुन्छ, गाली गर्न ठीक लाग्दैन, कसैको बारे केही नभनौँ,’ उनले भने, ‘बरु आफू के गर्न सक्छु त्यो प्रश्न आफैँसँग हुनुपर्छ, अरूलाई कुरूप देखाएर आफू सुन्दर भइँदैन ।’

कांग्रेसको १५औँ नियमित गोरखा जिल्ला अधिवेशन समुद्घाटन समारोहको ब्यानरमा भएको कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंह, एनपी साउद, मोहन बस्नेत, जितजंग बस्नेत, शंकर भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ? कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री शशांक कोइराला चारतारे झण्डासहित १५औँ महाधिवेशनमा जुटेका छन् । के...

#कोइराला #कांग्रेस
Compare →
Nagarik News
4d ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ।

#देउवा #कांग्रेस
Compare →
Onlinekhabar
2h ago
चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

चीनबाट बाहिरियो रास्वपा सांसदहरूको संवाद- कांग्रेसको आधिकारिकता देउवालाई दिनुपर्छ

४ मंसिर, काठमाडौं । ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै,’ रास्वपा सांसद श्रीराम न्यौपानेले भनेको अडियोमा प्रष्ट सुनिन्छ। त्यसमा सही थाप्दै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिकी सभापति समीक्षा बाँस्कोटा थप्छिन्, ‘अदालतले पनि फैसला गरेर शेरबहादुर …

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612