Trending
Prev Story
Next Story

कांग्रेस एकढिक्का नभए राष्ट्रको अस्तित्वमा खतरा आउन सक्छ : शेखर कोइराला

Ekantipur •
November 19, 2026 • 12:02 PM
3
3 reads 0 reactions

कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै कोइरालाले आफू सुरुदेखि नै बीचमा बसेर पार्टीलाई एकढिक्का बनाउन संवाद र सहमतिको प्रयासमा जुटिरहेको बताएका छन् ।

कांग्रेस एकढिक्का नभए राष्ट्रको अस्तित्वमा खतरा आउन सक्छ : शेखर कोइराला

कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै कोइरालाले आफू सुरुदेखि नै बीचमा बसेर पार्टीलाई एकढिक्का बनाउन संवाद र सहमतिको प्रयासमा जुटिरहेको बताएका छन् ।

विराटनगर — कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजनले लोकतन्त्र र देशको अस्तित्वमै असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित निवासमा कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै कोइरालाले आफू सुरुदेखि नै बीचमा बसेर पार्टीलाई एकढिक्का बनाउन संवाद र सहमतिको प्रयासमा जुटिरहेको बताए ।

पार्टीका दुवै पक्षसँग निरन्तर सम्पर्क र संवादमा रहेको उल्लेख गर्दै कोइरालाले भने, 'म न छलाङको तयारीमा छु न पलायनको । कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्छु भन्ने मेरो मान्यता छ र त्यसैका लागि प्रयत्नरत छु । स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टी विभाजित भए त्यसको प्रत्यक्ष असर चुनावी नतिजा र माथिल्लो सभा (राष्ट्रिय सभा) को समीकरणमा समेत पर्ने हुँदा चिन्तित रहेको उनको भनाइ छ ।

पार्टीको १५औँ महाधिवेशन र दुई समूहको समानान्तर गतिविधिबारे कोइरालाले दुवै पक्षका सभापतिहरूलाई सम्मान गर्ने र मिल्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे । आफूलाई विशेष महाधिवेशनको निम्तो नआएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतले जुनसुकै पक्षको महाधिवेशन वा निर्णयलाई सदर वा खारेज गरे पनि लोकतान्त्रिक संस्कारअनुसार अदालतको फैसला स्वीकार गर्नुपर्ने बताए ।

पार्टीभित्रको नेतृत्व र विरासतको प्रश्नमा उनले कोइराला परिवारको ऐतिहासिक योगदान रहे पनि काम र मिहिनेतबिना विरासत मात्रैले पार्टी नधानिने धारणा व्यक्त गरे । साथै, पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पूरै किनारा लगाएर अघि बढ्ने सोच ठिक नभएको भन्दै उनले कांग्रेस विविधतायुक्त पार्टी भएकाले सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिए । अर्को छुट्टै पार्टी खोल्ने वा नयाँ दल गठन गर्ने माग अस्वीकार गर्दै उनले बनिबनाउ पार्टी जोगाएर एकताबद्ध बनाउनु नै अहिलेको आवश्यकता रहेको बताए ।

त्यस्तै, वर्तमान सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै कोइरालाले सरकारलाई संविधान र कानुनसम्मत रूपमा चल्न सुझाव दिए । संसद्‌मा बलियो बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत देश चलाउन खोज्नु गलत भएको उनको भनाइ छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण सद्भावना भ्रमणमै सीमित रहने कोइरालाको आकलन छ। पहिलो भेटमै ठूला र दशकौँदेखिका जटिल मुद्दाहरू तुरुन्तै समाधान हुने अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।

कान्तिपुर टेलिभिजनमा बिहीबार राति ९ बजे कार्यक्रम फायरसाइडमा प्रसारण हुने कोइरालासँगको पूरा अन्तर्वार्ता कान्तिपुर टिभीका डिजिटल प्लाटफर्महरुमा पनि हेर्न र सुन्न सकिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ?

देउवा–कोइराला समूहले कांग्रेसको नाममा गतिविधि गर्न पाउँछ कि पाउँदैन ? कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री शशांक कोइराला चारतारे झण्डासहित १५औँ महाधिवेशनमा जुटेका छन् । के...

#कोइराला #कांग्रेस
Compare →
Onlinekhabar
3d ago
सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष

सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा. शेखर कोइरालाका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । सभापति गगनकुमार थापाले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि सानेपास्थित पार्टी कार्यालयमा …

#कोइराला
Compare →
Nagarik News
4d ago
हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

हिन्दु राष्ट्रको कामना गर्दै कांग्रेस सांसदले सुरु गरे दण्डवत् प्रणाम यात्रा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले हिन्दुराष्ट्र नेपालको कामना गर्दै दण्दवत प्रणामयात्रा सुरु गरेका छन्।

#कांग्रेस #राष्ट्रको
Compare →

Related Stories

Politics & Governance
Build #2612