Trending
Prev Story
Next Story

आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

९ मंसिर, काठमाडौं । ‘आफूलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गरियोस्’ भन्ने निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले …

आईजीपी विवाद : यी तीन आधार देखाउँदै सर्वोच्चले दिएन अन्तरिम आदेश

९ मंसिर, काठमाडौं । ‘आफूलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गरियोस्’ भन्ने निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले दुवै पक्षका कानुन व्यवसायीहरूको बहस सुनेपछि अन्तिम सुनुवाईमा नै मुल विषयवस्तुवारे निर्णय हुने भनी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्नुमा तीनवटा कारणहरू अघि सारेको देखिन्छ ।

पहिलो, सरकारको निर्णयपछि डा. मनोजकुमार केसीले १८ कात्तिक, २०८३ मा नै प्रहरी महानिरीक्षक पदमा बढुवा भएको नियुक्ति बुझेका थिए र त्यही दिन पद र कार्यभार समेत सम्हालिसकेका थिए । सर्वोच्चले आईजी केसीले काम सुरु गरिसकेको भन्ने आधारमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नभएको भनेको हो ।

दोस्रो, अन्तरिम आदेश माग गरेको विषय देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित भयो भन्ने अर्को आधार छ । सर्वोच्चले त्यो विषय सार्वजनिक महत्वको र संवेदनशील विषय रहेको भन्दै अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नभएको भनेको हो ।

तेस्रो, रिट निवेदनमा माग गरेको न्यायिक उपचार र काननी प्रश्नहरू अन्तिम सुनवाइमा निरूपण गर्नुपर्ने भनेको छ । सर्वोच्च अदालतले ‘सुविधा र सन्तुलनको दृष्टिबाट समेत अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको’ भनेको हो ।

रिट निवेदनमा निवर्तमान आईजीपी दानबहादुर कार्कीले राज्यको शान्ति सुरक्षा र प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमाण्ड)को नेतृत्व गर्ने आफ्नो भूमिका खोजिएको भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाएका थिए ।

सर्वोच्च अदालतले त्यो रिट निवेदनको विषयवस्तुको महत्व, गम्भीरता र संवेदनशीलता हेर्दा छिटो सुनुवाइ र निर्णय हुनुपर्ने भनेको छ ।

अनि लिखित जवाफ पेश भएको सात दिनभित्र मुद्दाको पेशी तोक्नु भनी सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको छ । मुद्दाको पेशी चढेपछि दुवै पक्षले मुद्दा स्थगित समेत गर्न नपाउने आदेशमा उल्लेख छ ।

इनम सापकोटासँग सम्बन्धित विषयवस्तु र मोबाइलको विवरण बाहिरिएपछि सरकारले १८ कात्तिकमा प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो ।

उनको ठाँउमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी आईजीमा नियुक्त भएका छन् । सरकारको निर्णयपछि आफूलाई गैरकानूनी रुपमा हटाइएको भनी कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

बुधबारको बहसमा कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिसकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणी पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत, केदारप्रसाद कोइराला र अधिवक्ताहरू माधव बस्नेत, टिकाबहादुर कुँवर, सुजाता के.सी. र आभास रेग्मीले बहस गरेका थिए ।

दानबहादुर कार्कीलाई आईजीबाट हटाउने सरकारको निर्णयको प्रतिरक्षाका लागि महान्यायाधिवक्ता डा. नारायणदत्त कडेल, नायब महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली, ध्रुवकुमार चौहान अनि सहन्यायाधिवक्ताहरू दिनेश  घिमिरे र सोमकान्ता भण्डारीले बहस गरेका थिए ।

नवनियुक्त आईजी डा. मनोज केसीको तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा. सुभाष आचार्य, अपूर्व खतिवडा, संजिवराज रेग्मी अनि प्रहरी प्रधान कार्यालयको तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

आईजीपी विवादमा सर्वोच्चले अन्तरिम आदेश नदिनुका तीन कारण के–के हुन् ?

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीशद्वय नृपध्वज निरौल...

#सर्वोच्च-अदालत #अन्तरिम #आदेश
Compare →
Nagarik News
2h ago
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#सर्वोच्च-अदालत #अन्तरिम #आदेश
Compare →
Ekantipur
1h ago
दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी भएन

दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी भएन

सर्वोच्च अदालतले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम जारी नहुने आदेश गरेको छ ।

#सर्वोच्च-अदालत #अन्तरिम #आदेश
Compare →
Bizshala
1d ago
आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

आनी छोइङको नियुक्ति विवाद सर्वोच्च पुग्यो, लुम्बिनी विकास कोषको उपाध्यक्ष पदबाट हटाउन माग

काठमाण्डौ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्माको नियुक्ति विवाद सर्वोच्च अदालत पुगेको छ। उनको...

#सर्वोच्च-अदालत #विवाद #सर्वोच्च
Compare →

Related Stories

World News
Build #2625