Trending
Prev Story
Next Story

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

Nagarik News •
November 25, 2026 • 12:17 PM
5
5 reads 0 reactions

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

1 / 3
Swipe Photos

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दाको अन्तिम समयमा नै त्यसबारे निर्णय हुने भनी आदेश गरेको हो।

सुनुवाइका क्रममा सुरुमा सरकारी पक्ष र त्यसपछि रिट निवेदक कार्कीका कानुन व्यवसायीले बहस गरेका थिए। बालेन सरकारले गत १८ कात्तिकमा कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो।

आफूलाई गैरकानुनी रूपमा पदबाट हटाएर अन्याय गरिएको दाबी गर्दै सरकारको उक्त निर्णय रोक्न माग राखेर कार्कीले २० कात्तिकमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

बुधबारको बहसमा कार्कीको पक्षबाट वकालत गर्ने कानुनविद्हरूले सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी रहेको दाबी गर्दै अन्तरिम आदेशको माग गरेका थिए।

कार्कीको बचाउमा बहस गर्दै पूर्वमहान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रहरी महानिरीक्षक पद सरकारले जहाँ खटायो त्यहीँ पठाउने पद नभएको तर्क गरेका थिए। सरकारले हटाएको नभई खटाएको बताइरहँदा त्यसले मुलुकमा दुईजना आईजीपी हुने अवस्था सिर्जना गरेको उनको जिकिर थियो।

कानुनले नै निश्चित पदावधि तोकेको पदबाट अवधि पूरा नहुँदै पदमुक्त गर्न नमिल्ने र हटाउनै परे स्पष्ट, वस्तुनिष्ठ तथा उचित कानुनी आधार र कारण खुलाउनुपर्ने सर्वोच्चकै पूर्वनजिर रहेको उनले उल्लेख गरे।

कार्कीका अर्का कानुन व्यवसायी अधिवक्ता माधवकुमार बस्नेतले प्रधानमन्त्रीको सल्लाहकारमा खटाउँदा साबिकको आईजीपी पद यथास्थितिमै रहने तर्क पेस गरेका थिए।

अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा कार्कीलाई पदबाट हटाउँदा प्रतिशोधपूर्ण निर्णय देखिएको दाबी गरेका थिए।

उनले हितेन्द्रदेव शाक्यको रिटमा निश्चित अवधिका लागि नियुक्त पदाधिकारीलाई कानुनी प्रक्रिया र सहमतिबिना हटाउन वा अर्को निकाय वा नयाँ सिर्जना गरिएको पदमा सरुवा गर्न नपाइने नजिर स्थापित भएको दृष्टान्त इजलाससमक्ष पेस गरेका थिए।

प्रहरी महानिरीक्षक आफैंमा सुरक्षा सल्लाहकारको भूमिकामा रहने पद भएकाले कार्कीलाई पुनः सुरक्षा सल्लाहकारमा नियुक्ति गर्नुको कानुनी औचित्य साबित नहुने जिकिरसमेत कुँवरले गरेका थिए।

प्रकाशित: ९ मंसिर २०८३ १८:०२ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार

दानबहादुरलाई पदबाट हटाउने सरकारको निर्णय यथावत, अन्तरिम आदेश अस्वीकार

९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार …

#सर्वोच्च-अदालत #कार्की #आदेश
Compare →
Hamro Patro News
1h ago
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?

किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?

काठमाडौं– पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको ...

#सर्वोच्च-अदालत #कार्की #आदेश
Compare →
Ekantipur
1h ago
दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी भएन

दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी भएन

सर्वोच्च अदालतले आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम जारी नहुने आदेश गरेको छ ।

#सर्वोच्च-अदालत #कार्की #आदेश
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#सर्वोच्च-अदालत #कार्की #आदेश
Compare →

Related Stories

Politics & Governance
Build #2625