Trending
Prev Story
Next Story

झापा-११ लाई हराउँदै एपीएफ महिला गोल्डकपको फाइनलमा

Ekantipur •
November 25, 2026 • 12:02 PM
4
4 reads 0 reactions

झापाको दुधेमा जारी प्रतियोगितामा फाइनल प्रवेशसँगै एपीएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

झापा-११ लाई हराउँदै एपीएफ महिला गोल्डकपको फाइनलमा

झापाको दुधेमा जारी प्रतियोगितामा फाइनल प्रवेशसँगै एपीएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

विराटनगर — प्रतिस्पर्धात्मक खेलमा झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै विभागीय टोली एपीएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

झापाको दुधेमा जारी प्रतियोगितामा फाइनल प्रवेशसँगै एपीएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ । खेलको २६औं मिनेटमा एपीएफले अग्रता लियो । झापाकी सेमिहाङमा लिम्बुले एपीएफकी रश्मिकुमारी घिसिङलाई डी–एरिया नजिकै फाउल गरेकी थिइन् । त्यसपछि पाएको फ्रि–किकलाई रश्मिले सोझै पोस्टको दिशा दिइन् । एपीएफले खेलको ३८औँ मिनेटमा अग्रता दोब्बर बनायो । मनमाया दमाईले मध्यभागमा दिएको पासलाई रश्मिले झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै गरेको प्रहारले जाली चुमेको थियो ।

खेलको सुरुवाती चरणबाटै झापाले रक्षात्मक तथा एपीएफले आक्रामक खेल प्रस्तुत गरेको थियो । झापाले निकालेका अवसर पनि फितलो स्ट्राइकिङ लाइन र एपीएफको बलियो डिफेन्सका कारण विफल बनेका थिए । १३ जना राष्ट्रिय खेलाडी सम्मिलित एपीएफ क्लबले झापासँग अपेक्षित खेल प्रदर्शन गर्न सकेको थिएन ।

दोस्रो हाफमा झापाले सुधारिएको प्रदर्शन गर्‍यो । एपीएफका दर्जनौं प्रहार झापाका डिफेन्डरले विफल बनाएका थिए । एपीएफका रश्मि, पूर्णिमा राई, अनिता केसी, कुसुम खतिवडालगायतका स्ट्राइकरलाई झापाका डिफेन्डरले स्कोर बढाउन अवरोध गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच विजेता टोली एपीएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाइन् । अन्तिम सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीच भिडन्त हुनेछ ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
51m ago
महिला गोल्डकप : घरेलु टोली झापालाई पन्छाउँदै एपीएफ फाइनलमा

महिला गोल्डकप : घरेलु टोली झापालाई पन्छाउँदै एपीएफ फाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले घरेलु टोली झापा–११ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ।

#एपीएफ #झापा #फाइनल
Compare →
Hamro Patro News
4d ago
एनपिएल फाइनल : त्रिवि मैदानमा उल्लेख्य दर्शक (फोटोफिचर)

एनपिएल फाइनल : त्रिवि मैदानमा उल्लेख्य दर्शक (फोटोफिचर)

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ ५ बजेबाट सुरु भएको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच उपाधिका लागि भिडन्त जारी ...

#फाइनल #जारी
Compare →
Bizshala
23h ago
महालक्ष्मी विकास बैंकद्वारा झापाकी छात्रालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान

महालक्ष्मी विकास बैंकद्वारा झापाकी छात्रालाई ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत झापाकी एक जेहेन्दार छात्रालाई ५० हजार...

#झापा
Compare →
Arthasansar
4d ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#फाइनल
Compare →
Onlinekhabar
5d ago
महिला बास्केटबलमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

महिला बास्केटबलमा एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । सुर्खेतको बास्केटबल कोर्टमा मंगलबार भएको पहिलो खेलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ५२-१९ …

#एपीएफ
Compare →

Related Stories

Sports
Build #2625