Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

Ekantipur •
November 25, 2026 • 12:02 PM
5
5 reads 0 reactions

बुधबार भएको खेलमा मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम समूह ‘बी’ को विजेता बनेको हो ।

दसौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

बुधबार भएको खेलमा मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम समूह ‘बी’ को विजेता बनेको हो ।

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम समूह ‘बी’ को विजेता बनेको हो ।

कर्णाली प्रदेश रंगशालामा भएको खेलमा सुदूरपश्चिमकी सन्जु घिसिङले सर्वाधिक १४ अंक जोडिन् । सुदूरपश्चिमले पहिलो क्वाटरमा २०, दोस्रोमा ११, तेस्रोमा ४ र चौथोमा १२ अंक बनायो । मधेशले दोस्रो क्वाटरमा ३ अंक जोड्नुबाहेक अन्य क्वाटरमा खाता खोल्न सकेन ।

समूह ‘ए’ को खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ५२–१९ ले हरायो । पुलिसकी दिभा महर्जनले २० अंक योगदान गरिन् । पहिलो क्वाटरमा ८–० ले पछि परेको पुलिसले त्यसपछिका तीनै क्वाटरमा अग्रता बनाउँदै जित निकालेको हो । पुलिसले दोस्रो क्वाटरमा २०–३, तेस्रोमा १०–५ र चौथोमा १८–३ को स्कोर गरेको थियो । एपीएफ र कर्णालीबीचको खेलपछि यस समूहबाट क्वाटरफाइनल पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ ।

फुल कोर्टतर्फ बिहीबार एपीएफ र कर्णाली, मधेश र बागमती, कोशी र गण्डकी तथा लुम्बिनी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।

थ्री अन थ्रीतर्फ नेपाल आर्मी र बागमती प्रदेशले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । आर्मीले कोशीलाई १३–८ ले हरायो । आर्मीकी दिब्यान्सी कार्कीले ६ अंक जोडिन् । तीन टोली रहेको समूह ‘ए’ को विजेता बन्दै आर्मी अन्तिम आठमा पुगेको हो ।

समूह ‘बी’ को खेलमा बागमतीले मधेशलाई ८–३ ले पराजित गर्‍यो । बागमतीकी आरुषा महर्जनले ४ अंक जोडिन् । समूह विजेता बन्दै बागमती पनि क्वाटरफाइनलमा पुगेको हो । थ्री अन थ्रीतर्फ बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनीबीच खेल हुनेछ । बिहीबारका खेलपछि फुल कोर्ट र थ्री अन थ्री दुवैतर्फ क्वाटरफाइनल समीकरण पूरा हुनेछ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

९ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा जारी महिला बास्केटबलतर्फ बुधबार दुई वटा खेल सम्पन्न भएका छन् । बुधबार विहान सम्पन्न दुई वटा खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छन् । फुल-को...

#सुदूरपश्चिम #बुधबार #खेलकुद
Compare →
Nagarik News
6h ago
दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम र पुलिस विजयी

यस्तै दोस्रो खेलमा फुल-कोर्ट (५×५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र मधेश प्रदेशबिच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा सुदूरपश्चिमले विजयी हासिल गरेको छ।

#सुदूरपश्चिम #खेलकुद #बास्केटबल
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2625