Trending
Prev Story
Next Story

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

Arthasansar •
November 21, 2026 • 04:05 AM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको छ। क्यानका अनुसार फाइनलको टिकट बिक्री खुला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्न खोजेका थिए। तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकट उपलब्धता सीमित भएकाले बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएका हुन्।

क्यानले मंसिर ५ गते हुने एनपीएल फाइनलको टिकट बिक्रीका क्रममा एकै समयमा अत्यधिक माग आएको जनाएको छ। संघले मंसिर ४ गते जारी गरेको प्रेस विज्ञप्तिमा ठूलो संख्यामा प्रयोगकर्ताले एकैपटक टिकट खरिद गर्न खोज्दा टिकटको उपलब्धता सीमित भएको र केही मिनेटमै सबै टिकट बिक्री भएको जानकारी दिएको हो।

टिकट खरिद गर्न नपाएका नेपाली क्रिकेट समर्थकप्रति क्यानले दुःख व्यक्त गरेको छ। नेपाली क्रिकेट र एनपीएलप्रति समर्थकले देखाएको अपार माया, साथ र उत्साहका लागि धन्यवाद दिँदै दर्शक वर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।

यसअघि टिकट बिक्री खुला भएलगत्तै सबै टिकट ‘सोल्ड आउट’ देखिएपछि समर्थकले अनलाइन टिकट बिक्रीको जिम्मा पाएको इसेवाको प्रक्रियामाथि प्रश्न उठाएका थिए। टिकट बिक्रीको पारदर्शिता र निष्पक्षताबारे सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै अनलाइनमा उपलब्ध गराइएको टिकट संख्या, बिक्री सुरु भएको र टिकट सकिएको समय तथा सबै प्रयोगकर्तालाई समान अवसर दिने प्रणालीबारे स्पष्ट जानकारी मागिएको थियो।

क्यानले टिकट लिन नसकेका समर्थकलाई अनलाइन तथा आधिकारिक प्लेटफर्ममार्फत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग हेरेर सहयोग गर्नसमेत आग्रह गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
16h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Nagarik News
17h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Onlinekhabar
17h ago
एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा भिड (तस्वीरहरू)

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट नपाएपछि दर्शकहरू आक्रोशित भएका छन् । टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएपछि अहिले त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भिड जम्मा भएको छ …

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Ekantipur
17h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

#एनपीएल #टिकट #बिक्री
Compare →
Hamro Patro News
12h ago
एनपिएल फाइनलको टिकट क्षणभरमै ‘सोल्डआउट’ भएपछि के भन्छन् पारस खड्का ?

एनपिएल फाइनलको टिकट क्षणभरमै ‘सोल्डआउट’ भएपछि के भन्छन् पारस खड्का ?

काठमाडौँ / नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकट बिक्री (सोल्डआउट) भएको जानकारी गराएको छ ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →

Related Stories

Sports
Build #2612