Trending
Prev Story
Next Story

टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

Arthasansar •
November 20, 2026 • 03:04 PM
2
2 reads 0 reactions

शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर इसेवा विवादमा परेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी...

टिकट खुल्नासाथ ‘सोल्ड आउट’ भएपछि इसेवामाथि आक्रोश, पारदर्शितामाथि उठ्यो प्रश्न

शनिबार हुने नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर इसेवा विवादमा परेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच हुने फाइनल खेलको टिकट बिक्री खुला भएलगत्तै सबै टिकट ‘सोल्ड आउट’ देखिएपछि क्रिकेट समर्थकले इसेवामाथि प्रश्न उठाएका हुन्।

इसेवाले शुक्रबार दिउँसो १ बजेबाट फाइनल खेलको टिकट बिक्री खुला गरेको थियो। तर, बिक्री सुरु भएको केही समयमै टिकट सकिएको देखिएपछि धेरै समर्थकले टिकट बुक गर्न नपाएको गुनासो गरेका छन्। कतिपयले टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा समर्थकहरूले टिकट बिक्री प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठाएका छन्। एक समर्थकले इसेवासँग अनलाइन बिक्रीका लागि छुट्याइएको टिकटको वास्तविक संख्या र बिक्री भएको टिकटको संख्या सार्वजनिक गर्न माग गरेका छन्।

त्यस्तै, अर्का समर्थक अश्बिन शर्माले टिकटको माग अत्यधिक हुनु र बिक्री प्रक्रिया पारदर्शी हुनु फरक विषय भएको उल्लेख गर्दै इसेवासँग चारवटा प्रश्नको जवाफ मागेका छन्। उनले अनलाइनमा कति टिकट उपलब्ध गराइएको थियो, टिकट कुन समयमा पूर्ण रूपमा बिक्री भयो, सबै प्रयोगकर्तालाई समान अवसर दिने गरी प्रतीक्षा प्रणाली (क्यु सिस्टम) लागू गरिएको थियो कि थिएन र आधिकारिक प्लेटफर्मबाटै सबै टिकट बिक्री भएको सुनिश्चित गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय स्पष्ट पार्न आग्रह गरेका छन्।

समर्थकहरूले टिकटको माग धेरै भएको सामान्य जवाफभन्दा पनि बिक्री प्रक्रियाबारे तथ्यसहितको स्पष्टीकरण खोजिरहेका छन्। विशेषगरी अनलाइनमा उपलब्ध गराइएको टिकट संख्या, बिक्री सुरु भएको वास्तविक समय, टिकट सकिएको समय र प्रणालीले निष्पक्ष रूपमा काम गरेको विवरण सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Hamro Patro News
49m ago
एनपिएल फाइनलको टिकट क्षणभरमै ‘सोल्डआउट’ भएपछि के भन्छन् पारस खड्का ?

एनपिएल फाइनलको टिकट क्षणभरमै ‘सोल्डआउट’ भएपछि के भन्छन् पारस खड्का ?

काठमाडौँ / नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकट बिक्री (सोल्डआउट) भएको जानकारी गराएको छ ।

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Onlinekhabar
8h ago
एनपीएल फाइनलको टिकट नखुल्दै देखियो ‘सोल्ड आउट’, दर्शकको असन्तुष्टि

एनपीएल फाइनलको टिकट नखुल्दै देखियो ‘सोल्ड आउट’, दर्शकको असन्तुष्टि

४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिएको छ। शुक्रबार दिउँसो १ बजे टिकट बिक्री खुल्ने भनिए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ …

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Bizshala
4h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Ekantipur
5h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

एनपीएल फाइनलको टिकट केही मिनेटमै सोल्डआउट, दुई लाखले एकैसाथ गरे खरिद प्रयास

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेका थिए ।

#एनपीएल #टिकट #बिक्री
Compare →

Related Stories

Sports
Build #2612