Trending
Prev Story
Next Story

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

Nagarik News •
November 20, 2026 • 11:16 AM
8
8 reads 0 reactions

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

एनपीएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्ड आउट’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट खुला गरिएको केही मिनेटमै बिक्री भएको जानकारी दिएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले फाइनल खेलको टिकट खरिद गर्न करिब दुई लाख प्रयोगकर्ताले एकैपटक प्रयास गरेको जनाएको छ।

क्रिकेट मैदानको दर्शक क्षमता सीमित भएकाले मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको बताउँदै क्यानले टिकट पाउन नसकेका दर्शकसँग परेको असुविधाप्रति क्षमायाचना गरेको छ।

यस्तै, क्यानले फाइनल खेलका लागि नेपाली क्रिकेटप्रेमीले देखाएको उत्साह र समर्थनप्रति आभार व्यक्त गरेको छ।

टिकट खरिद गर्न नपाएका समर्थकलाई आधिकारिक अनलाइन तथा प्रसारण प्लेटफर्ममार्फत फाइनल खेल हेरेर समर्थन गर्न क्यानले आग्रह गरेको छ।

एनपीएलको फाइनल भोली हुँदैछ। ट्रफिको लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ४ मंसिर २०८३ १७:०१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

एनपीएल फाइनलको टिकट नपाएपछि कीर्तिपुरमा क्यानविरुद्ध प्रदर्शन र नाराबाजी (तस्वीरहरू)

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन् । शुक्रबार दिउँसो १ बजे टिकट बिक्री सुरु ...

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Arthasansar
11h ago
एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

एनपीएल फाइनलको टिकट बिक्री विवादमा क्यानको स्पष्टीकरण, एकैपटक २ लाखले खोजेका थिए टिकट

नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट बिक्रीलाई लिएर समर्थकबाट प्रश्न उठेपछि नेपाल क्रिकेट संघ (क्यान) ले स्पष्टीकरण दिएको...

#एनपीएल #प्रिमियर-लिग #टिकट
Compare →
Ekantipur
6m ago
तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

तस्बिरमा हेर्नुहोस् एनपीएल फाइनल

भेट्रान स्कटिस ब्याटर जर्ज मुन्सेले सानदार शतक बनाएपछि सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा आएर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो उपाधि जितेको छ । सुदूरपश्चिमले शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्‍यो ।

#एनपीएल #प्रिमियर-लिग #फाइनल
Compare →

Related Stories

Sports
Build #2612