Trending
Prev Story
Next Story

निर्वाचन सकिएको ९ महिनापछि प्रदेश निर्वाचन कार्यालयले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

Nagarik News •
November 20, 2026 • 11:30 AM
3
3 reads 0 reactions

प्रदेश निर्वाचन कार्यालय गण्डकीले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको २० औँ प्रतिवेदन पेस गरेको छ।

निर्वाचन सकिएको ९ महिनापछि प्रदेश निर्वाचन कार्यालयले बुझायो प्रदेश प्रमुखलाई प्रतिवेदन

प्रदेश निर्वाचन कार्यालय गण्डकीले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको २० औँ प्रतिवेदन पेस गरेको छ।

प्रदेश निर्वाचन कार्यालय गण्डकीले पछिल्लो निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि निर्वाचन आयोगको प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष पेस गरेको हो।

शुक्रबार प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख जीवन ज्ञवालीले सो प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाए।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम निर्वाचन कार्यालयले प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगको प्रतिवेदन बुझाउनुपर्ने प्रावधान रहेको छ। सो प्रावधान अनुसार आर्थिक वर्ष २०८२÷८३ को प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

२०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र २०८१ माघ ११ गतेको राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको थियो। निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि बुझाइएको सो प्रतिवेदनको सारांशसमेत प्रदेश प्रमुख भट्टलाई प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले ब्रिफिङ गरेका थिए।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे।

मुलुकको शासन सञ्चालनको आधार तयार गर्ने महत्त्वपूर्ण पक्ष निर्वाचन आयोग भएको बताउँदै उनले भने,‘निर्वाचन आयोगको जिम्मेवारी महत्त्वपूर्ण छ। जनप्रतिनिधि निर्वाचित गर्ने जिम्मेवारी सानो होइन।’

प्रदेश प्रमुख भट्टले निर्वाचन आयोगका काम कारबाही बढी सचेततापूर्वक, गम्भीरतापूर्वक हुनुपर्ने बताए। निर्वाचन निष्पक्ष र स्वतन्त्र गर्ने जिम्मेवारी आयोगको भएको बताउँदै उनले भने,‘धाँधलीरहित ढंगले निष्पक्षपूर्वक निर्वाचन गर्नु, सुरक्षित तवरले मतपेटिका मतगणनास्थल पुर्‍याउनु, मत गणना गरी नतिजा सार्वजनिक गर्ने जस्ता काम पक्षपातरहित हुनुपर्नेमा आयोगको विशेष ध्यान रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु।’

प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले आगामी स्थानीय तह निर्वाचनका लागि आयोग तयारीमा जुटिसकेको जानकारी गराए। उनले भने,‘आयोग आगामी स्थानीय तहको निर्वाचनमा जुटिसकेको छ। सबैको सहयोगमा आगामी निर्वाचन पनि स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउन कुनै कसुर बाँकी राखिने छैन।’

प्रकाशित: ४ मंसिर २०८३ १७:१५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
निर्वाचन आयोगको बैठकमा सबैलाई हँसाउने ओली–प्रचण्डको ठट्टा

निर्वाचन आयोगको बैठकमा सबैलाई हँसाउने ओली–प्रचण्डको ठट्टा

निर्वाचन आयोगले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूलाई शुक्रबार आयोगमा बोलाएको थियो। बिहान साढे ११ बजेका लागि डाकिएको बैठकमा सबभन्दा पहिला नेपा...

#निर्वाचन #शुक्रबार
Compare →
Ekantipur
10h ago
स्थानीय निर्वाचन बारे छलफल गर्दै निर्वाचन आयोग

स्थानीय निर्वाचन बारे छलफल गर्दै निर्वाचन आयोग

शुक्रबार बिहान साढे ११ बजे हुने छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिलाई आयोगको कार्यालयमा आमन्त्रण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

#निर्वाचन #शुक्रबार
Compare →
Bizshala
2h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन
Compare →
Onlinekhabar
4h ago
सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी …

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612