Trending
Prev Story
Next Story

सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

Onlinekhabar •
November 20, 2026 • 09:31 AM
3
3 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी …

सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन आयोगले के कुराको हेक्का राख्नुपर्दछ भने निर्वाचनको निष्पक्षता, निर्वाचनका काम गर्ने सन्दर्भमा आयोगको एउटा जिम्मेवारी छ । तर त्यो सीमित छ,’ सभापति थापाले भने, ‘निर्वाचनको निष्पक्षताको सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हुन्छ ।’

निर्वाचनका बेला सरकारले प्रतिपक्ष चिन्दिनँ भनेर पन्छिन नपाइने उनले बताए । ‘सरकारले अरु कैयन् विषयमा म अरु कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षले चिन्दिनँ, कसैलाई चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दैगर्दा अरुबेलाका सरकारको कामकारबाही चल्छ, तर निर्वाचनमा चल्दैन्,’ उनले भने ।

निर्वाचन आयोगलाई निर्वाचनको वातावरण बनाउन सरकारले खेल्नुपर्ने भूमिकाबारे समयमै ध्यानाकर्षण गराउन आफूले भनेको पनि सभापति थापाले सुनाए ।

‘हामीले स्मरण गरायौं– भाद्र २३ र २४ को अनपेक्षित विप्लपपछाडि एकैपटक जुन रिक्तताको स्थिति आयो र निर्वाचन भयो,त्यो बेलामा निर्वाचन आयोगले मात्रै निर्वाचन गराएर निर्वाचन भएको होइन, निर्वाचन आयोगको ठूलो भूमिका थियो,’ उनले भने, ‘त्यो बेलाको सुशीला कार्कीको सरकारले दलहरूसँग कतिपटक कुराकानी गर्‍यो, कसरी वातावरण बनायो भन्ने कुरा महत्त्वपूर्ण छ ।’

त्यसैले  स्थानीय तह र प्रदेशको निर्वाचन गर्ने र त्यसलाई शान्तिपूर्ण बनाउने कुरामा सरकारले गर्नुपर्ने कामबारे आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउन आफूले सुनाएको उनले बताए ।

‘निर्वाचन आयोगले मात्रै सबै जिम्मा नउठाओस् । सबै जिम्मा आयोगको मात्रै हुँदैन,’ उनले भने ।

निर्वाचन कहिले गराउने ? कसरी गराउने ? भन्ने कुरा संविधानमै भएका व्यवस्था रहेको बताउँदै कतिपय विषय व्यवहारिक रूपमा पनि हुने उनले बताए ।

यस्ता विषयमा सरकारले दलहरूसँग छलफल गरेर टुंग्याउनुपर्ने उनले धारणा राखे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताएका छन् ।

#गगन-थापा #निर्वाचन #निष्पक्षता
Compare →
Ekantipur
4h ago
सरकारले राजनीतिक दललाई चिन्दिनँ भनेर अरू बेला चल्ला तर निर्वाचनमा चल्दैन : सभापति थापा

सरकारले राजनीतिक दललाई चिन्दिनँ भनेर अरू बेला चल्ला तर निर्वाचनमा चल्दैन : सभापति थापा

कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनको वातावरण निर्माण गर्न आयोग आफैंले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

#निर्वाचन #जिम्मेवारी #सरकारले
Compare →
Hamro Patro News
4h ago
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारकै हो:  सभापति  थापा

निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारकै हो: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्षनेता...

#गगन-थापा #निर्वाचन #निष्पक्षता
Compare →
Bizshala
3h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612