Trending
Prev Story
Next Story

सरकारले राजनीतिक दललाई चिन्दिनँ भनेर अरू बेला चल्ला तर निर्वाचनमा चल्दैन : सभापति थापा

Ekantipur •
November 20, 2026 • 10:02 AM
3
3 reads 0 reactions

कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनको वातावरण निर्माण गर्न आयोग आफैंले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले राजनीतिक दललाई चिन्दिनँ भनेर अरू बेला चल्ला तर निर्वाचनमा चल्दैन : सभापति थापा

कांग्रेस सभापति गगनकुमार थापाले निर्वाचनको वातावरण निर्माण गर्न आयोग आफैंले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन् ।

राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको वातावरण निर्माण गर्ने कुरामा आयोग आफैंले सबै जिम्मेवारी उठाउनेभन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सरकारले राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर अघि बढ्न खोजिरहेको भन्दै उनले निर्वाचनका सम्बन्धमा यस्तो व्यवहार र कार्यशैली स्वीकार्य नहुने समेत बताए । गत वर्षको भदौ २३ र २४ गतेको अप्रत्याशित घटनापछिको परिस्थितिमा निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहजीकरण महत्वपूर्ण रहेको स्मरण समेत गराए ।

सभापति थापाले निर्वाचनको मिति र प्रक्रियाबारे संविधान तथा कानुनले स्पष्ट व्यवस्था गरिसकेको भन्दै सोहीअनुसार मिति तय गर्न सकिने बताए । प्रदेश र स्थानीय तहकाने निर्वाचन एकै समयमा गर्ने सम्बन्धमा आयोगमा छलफल भएको उल्लेख गर्दै विशिष्ट परिस्थितिमा एकै मितिमा निर्वाचन गर्न सकिने सम्बन्धमा दलहरुबीच अझै बहस र छलफलको आवश्यकता रहेको उनको भनाइ थियो ।

‘निर्वाचनको निष्पक्षता सुनिश्चितता गर्ने कुरामा सबैभन्दा ठूलो जिम्मेवारी सरकारको हो । तर सरकारले अरु कयौँ विषयमा म नेपालमा कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षीलाई चिन्दिनँ, कसैलाई पनि चिन्दिनँ, कसैलाई गन्दिनँ, कसैलाई मान्दिनँ भन्दै गर्दा अरु कुरामा सरकारको काम कारबाही चल्छ तर निर्वाचनमा चल्दैन,' उनले भने । थापाले सरकारले अन्य राजनीतिक दलहरुसँग संवाद गर्न समेत नचाहेको भन्दै असन्तुष्टि र आपत्ति जनाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4h ago
सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

सरकारले कसैलाई चिन्दिनँ भनेर अरुबेला काम चल्ला, निर्वाचनमा चल्दैन : गगन थापा

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने ठूलो जिम्मेवारी सरकारको रहेको टिप्पणी गरेका छन् । शुक्रबार निर्वाचन आयोगले स्थानीय तह र प्रदेश सभा निर्वाचनबारे दलका नेतासँग गरेको छलफलपछि पत्रकारसँग कुराकानी …

#निर्वाचन #जिम्मेवारी #सरकारले
Compare →
Nagarik News
3h ago
निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताएका छन् ।

#निर्वाचन #जिम्मेवारी #थापा
Compare →
Hamro Patro News
4h ago
निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारकै हो:  सभापति  थापा

निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारकै हो: सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्षनेता...

#निर्वाचन #जिम्मेवारी #थापा
Compare →
Bizshala
2h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612