नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्षनेतासँग निर्वाचन आयोगले गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले निर्वाचनको निष्पक्षतामाथि प्रश्न गरेका हुन्। उनले निर्वाचनको वातावरण निर्माण गर्ने कुरामा आयोग आफैंले सबै जिम्मेवारी उठाउने भन्दा पहलकदमीका लागि समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताए।
Read full story at source ( barnanmedia.com )