Trending
Prev Story
Next Story

हामी सुधारलाई राज्य सञ्चालनको स्थायी चरित्र बनाउन चाहन्छौं : अर्थमन्त्री वाग्ले

Ekantipur •
November 20, 2026 • 10:02 AM
3
3 reads 0 reactions

कान्तिपुरको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले भने, 'वर्षौंदेखि जरा गाडेका विकृति र संस्थागत कमजोरी केही महिनामा समाप्त हुँदैनन् भन्ने हामीलाई थाहा छ । तर कठिन परिस्थितिलाई निष्क्रियताको औचित्य बनाउन कदापि सकिँदैन ।'

हामी सुधारलाई राज्य सञ्चालनको स्थायी चरित्र बनाउन चाहन्छौं : अर्थमन्त्री वाग्ले

कान्तिपुरको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले भने, 'वर्षौंदेखि जरा गाडेका विकृति र संस्थागत कमजोरी केही महिनामा समाप्त हुँदैनन् भन्ने हामीलाई थाहा छ । तर कठिन परिस्थितिलाई निष्क्रियताको औचित्य बनाउन कदापि सकिँदैन ।'

विराटनगर — तत्कालीन संकट सम्हाल्ने र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहेका संरचनागत समस्या समाधान गर्ने जिम्मेवारी सरकारसँग रहेको अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका छन् । वर्षौंदेखि जरा गाडेका विकृति र संस्थागत कमजोरी केही महिनामै अन्त्य नहुने भन्दै उनले सरकार सुधारको निरन्तर प्रक्रियामा रहेको बताए ।

कान्तिपुरले विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व: सम्भावनाबाट समृद्धितर्फ’कार्यक्रममा सरकारको आर्थिक दृष्टिबारे धारणा राख्दै अर्थमन्त्री वाग्लेले संकट व्यवस्थापनसँगै आर्थिक सुधारलाई अघि बढाइरहेको बताए । 'हामीले सरकारको जिम्मेवारी सम्हाल्दा एक दशकदेखिको आर्थिक शिथिलता, कमजोर निजी लगानी, उत्पादनशील क्षेत्रको सीमित विस्तार, रोजगारीका अपर्याप्त अवसर र आर्थिक संस्थाप्रतिको विश्वासको संकट विरासतमा पायौं । यी समस्या हामीले सिर्जना गरेका होइनौं,' उनले भने । विश्वव्यापी द्वन्द्व, ऊर्जा बजारको अनिश्चितता, आपूर्ति शृंखलामा अवरोध र बाह्य आर्थिक प्रतिकूलतासँगै भोटेकोशी बाढीजस्ता विपद्का चुनौतीका बीच सरकारले एकैसाथ तत्कालीन संकट व्यवस्थापन र अर्थतन्त्रलाई दीर्घकालीन रूपमा कमजोर बनाइरहेका संरचनागत समस्या समाधान गर्नुपर्ने अवस्था रहेको उनले बताए । कतिपय सुधारका लागि समय लाग्ने र त्यसको प्रतिफल देखिन पनि केही समय कुर्नुपर्ने उनको भनाइ छ ।

'वर्षौंदेखि जरा गाडेका विकृति र संस्थागत कमजोरी केही महिनामा समाप्त हुँदैनन् भन्ने हामीलाई थाहा छ । तर कठिन परिस्थितिलाई निष्क्रियताको औचित्य बनाउन कदापि सकिँदैन,' उनले भने ।

सरकारले चालु आर्थिक वर्षको बजेटलाई नियमित आयव्ययको दस्तावेजमा मात्र सीमित नराखी आर्थिक रूपान्तरणको आधार बनाउने प्रयास गरेको उनले बताए । कर प्रणालीलाई सरल र प्रतिस्पर्धी बनाउने, उद्योगको उत्पादन लागत घटाउने, लगानी प्रक्रियाका अवरोध हटाउने तथा वित्तीय र सार्वजनिक निर्माण प्रणालीमा सुधार गर्ने विषय बजेटमा समेटिएको उनको भनाइ छ ।

बजेटपछि सरकारले पुँजी बजार सुधार कार्ययोजना बनाएको पनि उनले जानकारी दिए । पुँजी बजारलाई दैनिक सूचकांकको उतारचढावमा मात्र सीमित राखेर हेर्न नहुने भन्दै उनले बचत परिचालन, दीर्घकालीन लगानी, पारदर्शिता र नियमनलाई प्राथमिकतामा राख्ने बताए ।

प्रधानमन्त्रीदेखि आफूहरूसम्म निजी क्षेत्रसँग निरन्तर संवादमा रहेको उल्लेख गर्दै उनले उद्यमी, व्यवसायी र लगानीकर्ताका समस्या समाधानका लागि सरकारले पहल गरिरहेको बताए । भोटेकोशी बाढीपछि आर्थिक प्याकेज घोषणा गर्न केही ढिलाइ भएको स्वीकार गर्दै उनले एक–दुई साताभित्र अन्तरिम आर्थिक उपाय (इन्टेरिम इकोनोमिक मेजर) घोषणा गर्ने जानकारी दिए । त्यसले लगानी र उत्पादनका क्षेत्रमा रहेका अवरोध हटाउन सघाउने उनको भनाइ छ ।

'सुधारको यात्रा बजेटमै टुंगिँदैन । बजेट एउटा प्रस्थान थियो, पुँजी बजारको सुधार त्यसको निरन्तरता हो र आउँदै गरेको आर्थिक प्याकेज अर्को कदम हो,' उनले भने ।

कानुनी, नीतिगत र संस्थागत सुधारलाई निरन्तर अघि बढाउने सरकारको योजना रहेको बताउँदै वाग्लेले हरेक वर्ष बजेटको प्रतीक्षा गरेर सुधारका काम रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे । 'हामी सुधारलाई राज्य सञ्चालनको स्थायी चरित्र बनाउन चाहन्छौं । जेठ १५ मा बजेट आउँछ अनि अर्को जेठ १५ सम्म कुरेर हात बाँधेर बस्ने हामीमा रहेन । त्यसैले हामी निरन्तर सुधारमा छौं । हरेक दिन, हरेक हप्ता एक कदम अगाडि बढ्ने र एउटा गाँठो फुकाउने सोचका साथ अहिलेको मन्त्रिपरिषद् अघि बढेको छ,' उनले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#अर्थमन्त्री #वाग्ले #सुधारलाई
Compare →
Nagarik News
1h ago
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।

#अर्थमन्त्री #वाग्ले
Compare →
Bizshala
4d ago
खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय...

#अर्थमन्त्री #वाग्ले
Compare →
Hamro Patro News
5d ago
कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

कोप–३१ मा जलवायु वित्तको मुद्दा उठाएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । टर्किएमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा सहभागी भई अर्थमन्त्री डा स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् । उनले ४...

#अर्थमन्त्री #वाग्ले
Compare →

Related Stories

Business & Economy
Build #2612