Trending
Prev Story
Next Story

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह : अब लगानीको ‘गियर’ बदल्नुस्

Nagarik News •
November 20, 2026 • 12:24 PM
3
3 reads 0 reactions

विराटनगरमा आज आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरे।

निजी क्षेत्रलाई अर्थमन्त्री वाग्लेको आग्रह : अब लगानीको ‘गियर’ बदल्नुस्

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन्।

विराटनगरमा आज आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको उल्लेख गरेका हुन्।

मन्त्री वाग्लेले भ्रष्टाचारले व्यवसायको लागत बढाउने, पहुँचका आधारमा अवसर बाँडिने र प्रतिस्पर्धा कमजोर बनाउने धारणा राख्दै सरकारी निकायमा अनावश्यक आर्थिक माग, बिचौलियाको हस्तक्षेप वा कानुनसम्मत काममा अवरोध भए सरकारसमक्ष जानकारी दिन निजी क्षेत्रलाई आग्रह गरे।

उनले भने, ‘सरकारी कार्यालयमा बिचौलियको हस्तक्षेप र भ्रष्टाचारका विषयमा सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ। यस्तो कार्यमा संलग्न जोसुकैलाई कानुनी कारबाही हुन्छ।’

अर्थमन्त्री वाग्लेले कानुनसम्मत निजी सम्पत्ति, उद्योग, व्यवसाय र लगानीको सुरक्षा सरकारको आधारभूत जिम्मेवारी रहेको उल्लेख गर्दै असुरक्षाको अनुभूति भए सरकारले सम्बोधन गर्ने र समान अवसर तथा निष्पक्ष प्रतिस्पर्धाको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आगामी चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्ने महत्वपूर्ण अवधिका रूपमा लिइएको बताउँदै निजी क्षेत्रको सहकार्यमा सरकारले सुधारको गति बढाउँदै गर्दा निजी क्षेत्रले पनि नयाँ उद्योग, क्षमता विस्तार, आधुनिक प्रविधि, कृषि प्रशोधन, ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका योजना अघि बढाउनुपर्नेमा जोड दिए।

वाग्लेले उत्पादन लागत घटाउने, रोजगारी सिर्जना गर्ने र राज्य तथा निजी क्षेत्रबीच साझा प्रतिबद्धतामार्फत आर्थिक रूपान्तरणलाई तीव्र बनाउने सरकारको प्राथमिकता रहेको जनाउँदै बेरोजगारी र मूल्य वृद्धिलाई गम्भीर चुनौतीका रूपमा लिइएको बताए।

आर्थिक वृद्धिको प्रतिफल नागरिकको दैनिक जीवनसँग जोडिने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गर्दै अर्थमन्त्री उनले भने, ‘वर्तमान सरकार हजारौँ उद्यममार्फत रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवालाई कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र आधुनिक सेवा क्षेत्रमा अवसर दिने तथा विप्रेषण, उपभोग, आयात र राजस्वमा निर्भर चक्रलाई तोडेर बचतलाई लगानी, उत्पादन र निर्यातमा रूपान्तरण गर्ने उद्देश्य राखेको छ।’

पूर्वी नेपाल तथा विराटनगरको औद्योगिक विरासतलाई नयाँ पुस्ताको अवसरसँग जोड्दै कृषि प्रशोधन, भण्डारण, गुणस्तर प्रमाणीकरण, निर्यात र जलविद्युत्लाई औद्योगिक प्रतिस्पर्धाको आधार बनाउनुपर्ने मन्त्री वाग्लेको भनाइ थियो।

उनले निजी क्षेत्रलाई नयाँ उद्योग खोल्न, प्रविधि अपनाउन, वस्तु तथा उत्पादनको गुणस्तर बढाउन, नयाँ निर्यात बजार खोज्न र रोजगारी सिर्जना गर्न आह्वान गर्दै राज्यले कार्यशैली तथा चरित्र बदल्ने समयमा निजी क्षेत्रले लगानीको गियर बदल्नुपर्ने आवश्यकता औँल्याए। रासस

प्रकाशित: ४ मंसिर २०८३ १८:०९ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#वाग्ले #सुशासन #रूपान्तरण
Compare →
Ekantipur
4h ago
पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्ले बजारको संस्थागत विश्वसनीयता, पारदर्शीता, प्रभावकारिता नियमन र लगानीकर्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको समेत बताए ।

#वाग्ले #अर्थमन्त्री
Compare →
Bizshala
4d ago
खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय...

#वाग्ले #अर्थमन्त्री
Compare →
Hamro Patro News
1w ago
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्ती...

#वाग्ले #अर्थमन्त्री
Compare →

Related Stories

Business & Economy
Build #2612