Trending
Prev Story
Next Story

शनिबारदेखि नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

Nagarik News •
November 20, 2026 • 12:18 PM
3
3 reads 0 reactions

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

1 / 2
Swipe Photos

नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनाअनुसार भोलिदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सो सडक खण्डमा सवारी आवागमन बन्द गरिनेछ।

नागढुंगा–मुग्लिन सडक खण्डको घुम्ती क्षेत्रमा लगातार वर्षाका कारण पहिरो जाने, ढुंगा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम बढ्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद शर्माले जानकारी दिए।

बन्द अवधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने भएकाले सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको हो।

यात्रु तथा सवारी चालकलाई निर्धारित समयतालिकाअनुसार आफ्नो यात्रा व्यवस्थापन गर्न र सडक बन्द हुने समयमा यस खण्डमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रकाशित: ४ मंसिर २०८३ १८:०३ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2h ago
भोलिदेखि  मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

भोलिदेखि मुग्लिन–काठमाण्डौ सडकको घोप्टेभीरमा दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाण्डौ सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी...

#मुग्लिन #घण्टा
Compare →
Ekantipur
12h ago
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७२४ जनालाई कारबाही

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ७२४ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

#घण्टा
Compare →
Hamro Patro News
22h ago
नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख १५ देखि ३० कात्तिकसम्म नागढुंगा सुरुङमार्ग भएर १ लाख १९ हजार २९ सवारी गुडेका छन् । मंसिर ३, २०८३ विमल खतिवडा काठ...

#नागढुंगा
Compare →
Onlinekhabar
3d ago
टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित

टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित

१ मंसिर, काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा आजदेखि चौबिसै घण्टा खुला गर्ने योजना स्थगित गरेको छ । टंगालस्थित स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना भए तापनि …

#घण्टा
Compare →

Related Stories

Technology
Build #2612