Trending
Prev Story
Next Story

७ अंक घट्यो सेयर बजार, बढ्यो बैंकिङ

Onlinekhabar •
November 20, 2026 • 09:31 AM
8
8 reads 0 reactions

४ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३. ६२ अंक बढेको थियो। आज ८९ कम्पनीको मूल्य बढेको छ …

७ अंक घट्यो सेयर बजार, बढ्यो बैंकिङ

४ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३. ६२ अंक बढेको थियो।

आज ८९ कम्पनीको मूल्य बढेको छ भने १८१ को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ८७ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८८ करोडको भयो ।

बैंकिङ समूह ०.४० प्रतिशत बढ्यो भने अरु सूचक घटेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.३९ प्रतिशत घट्यो ।

विकास बैंक ०.२३, फाइनान्स ०.५९, जलविद्युत् ०.२९, लगानी ०.२३, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन ०.८१, माइक्रोफाइनान्स ०.२३, निर्जीवन बीमा ०.२७, अन्य ०.७८ तथा व्यापार ०.५२ प्रतिशत घटे ।

दोल्ती पावरको ५.४१, भूगोल इनर्जीको ४.२६, मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ३.४३, एभरेस्ट कलरको २.८३ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै पाल्पा सिमेन्टको ६.५५, स्वस्तिक लघुवित्तको ५.०५, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४.८१, त्रिशूली जलविद्युतको ३.२४ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, स्वेतगंगा हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक, सेन्ट्रल फाइनान्स, घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Bizshala
3d ago
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Hamro Patro News
2d ago
सामान्य अंकले बढ्यो सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको छ । यस दिन कारोबारमा आएका कम्पनीहरू...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
3d ago
नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

नेप्से ११ अंक घट्दा ४ अर्बमाथि कारोबार

आजको कारोबारमा KSY सबैभन्दा धेरै बढ्यो भने ECL सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #नेप्से
Compare →
Arthasansar
3d ago
नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

नेप्सेमा तिहार पछि लगातार गिरावट, परिसूचक ११ अंकले घट्दा ४ अर्ब माथिको कारोबार

पछिल्लो समय सेयर बजार लगातार रुपमा घटिरहेको छ । तिहार अघिको अन्तिम कारोबार दिन बढेको बजार तिहार पछिका तीन कारोबार...

#शेयर-बजार #अंक #बढे
Compare →

Related Stories

Business & Economy
Build #2612