Trending
Prev Story
Next Story

स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली

Ekantipur •
November 20, 2026 • 11:02 AM
3
3 reads 0 reactions

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार पाँच वर्षमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनको तयारीमा जुट्न पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

स्थानीय निर्वाचन वैशाखमै र प्रदेशको मंसिरमा हुनुपर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार पाँच वर्षमै निर्वाचन हुनुपर्नेमा जोड दिँदै निर्वाचनको तयारीमा जुट्न पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे ।

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख अन्तिममा स्थानीय तह र मंसिरमा प्रदेशसभा निर्वाचन हुुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको भेला उनले संविधानअनुसार पाँच वर्षमै निर्वाचन हुनुपर्नेमा जोड दिए । ‘संविधानअनुसार वैशाख अन्तिममा स्थानीय, मंसिरमा प्रदेशसभा निर्वाचन हुनुपर्छ,’ उनले भने, ‘संविधानले तोकेको समयमा निर्वाचन हुनुपर्छ । एक ठाउँमा संविधान मिचियो भने अर्को ठाउँमा मिचिन्छ ।’

उनले पालिका प्रमुख/उप्रमुखहरुलाई निर्वाचनको तयारीमा जुट्न पनि आग्रह गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन #वैशाख #मंसिर
Compare →
Onlinekhabar
6h ago
स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

स्थानीय चुनाव वैशाखमा, प्रदेशको मंसिरमा गर्ने आयोगको प्रस्ताव

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन वैशाखमा र प्रदेशको निर्वाचन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ । शुक्रबार राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा आयोगले यस्तो तालिका प्रस्ताव गरेको हो। निर्वाचन आयोगमा जारी …

#निर्वाचन #वैशाख #मंसिर
Compare →
Hamro Patro News
4h ago
निर्वाचन आयोग पुगेर पनि किन बैठकमा बसेनन् ओली ?

निर्वाचन आयोग पुगेर पनि किन बैठकमा बसेनन् ओली ?

काठमाडौँ । स्थानीय तहको आसन्न निर्वाचनको तयारीका सन्दर्भमा निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरू जुटिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने आयोग परिसरमा पुगेलगत्तै बाहिरिए ।...

#केपी-ओली #निर्वाचन #ओली
Compare →
Nagarik News
1d ago
एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

एमालेले खाएको धक्का निर्वाचनको परिणामले होइनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पछिल्लो धक्का निर्वाचन परिणामले मात्र नभई निर्वाचनपूर्वको सरकारबाट अपदस्त गरि सुरु भएको बताएका छन् ।

#केपी-ओली #निर्वाचन #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612