Trending
Prev Story
Next Story

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

Ekantipur •
November 23, 2026 • 05:03 AM
5
5 reads 0 reactions

गएराति करिब ८:३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।

गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी

गएराति करिब ८:३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।

सर्लाही — सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा उपचाररत एक गर्भवती महिलाको मृत्यु भएपछि आफन्त तथा अन्य व्यक्तिहरूले अस्पतालको इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेका छन्।

गएराति करिब ८:३० बजे बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोल निवासी २१ वर्षीया सिमा रामदेवीको मृत्यु भएको घटनालाई लिएर अस्पतालमा तोडफोड तथा आगजनी भएको हो ।

नौ महिनाकी गर्भवती सिमा विगत तीन दिनदेखि बिरामी भई नगर अस्पताल बरहथवामा उपचाररत थिइन्। उपचारका क्रममा चिकित्सकको लापरबाहीका कारण बिरामी अचानक बेहोस भएको भन्दै उनका आफन्तले अस्पतालभित्रै विरोध जनाउँदै इमर्जेन्सी कक्षमा तोडफोड र आगजनी गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।

प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा अस्पतालमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

यसैबीच, थप उपचारका लागि सिमालाई राति १०:४५ बजे चन्द्रनिगाहपुरस्थित अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति १०:५३ बजे मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएर शवगृहमा राखिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनी महरा र २० वर्षीय राजन राम रहेका छन्।

त्यस्तै, अस्पतालको इमर्जेन्सी कक्षमा पेट्रोल छर्केर आगजनी तथा तोडफोड गरेको आरोपमा अस्पतालमै करारमा कार्यरत बरहथवा–५ निवासी ३० वर्षीय धिरज महरा र ४२ वर्षीय सुरेश महरा फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य जारी रहेको छ।

अस्पतालमा तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनापछि अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल न्युज बैंक नेपालको निजी समाचार एजेन्सी हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2h ago
सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

अस्पतालका चिकित्सकको चरम लापरबाहीको कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै आफन्तहरूले अस्पतालमा तोडफोड गर्नुका साथै इमर्जेन्सी कक्षमा आगजनी समेत गरेका हुन्।

#अस्पताल #बरहथवा #तोडफोड
Compare →
Onlinekhabar
2d ago
गर्भवतीको मृ*त्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

गर्भवतीको मृ*त्युपछि बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड

७ मंसिर, सर्लाही । उपचारका क्रममा गर्भवती महिलाको मृत्यु भएपछि सर्लाहीको बरहथवा नगर अस्पतालमा आफन्तले आगजनी र तोडफोड गरेका छन् । उनीहरूले अस्पतालको इमर्जेन्सी कक्षमा आगजनी गर्नुका साथै तोडफोड गरेका हुन् । बरहथवा नगरपालिका–५, हात्तीढुंगा पानिटंकी …

#अस्पताल #बरहथवा #तोडफोड
Compare →
Hamro Patro News
4h ago
सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सुत्केरीको मृत्युपछि बरहथवा अस्पतालमा तोडफोड र आगजनी, चार जना पक्राउ

सर्लाही । बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्...

#अस्पताल #बरहथवा #मृत्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612