Trending
Prev Story
Next Story

बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द

Ekantipur •
November 22, 2026 • 07:03 AM
2
2 reads 0 reactions

करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ ।

बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द

करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ ।

बर्दिया — बर्दिया जिल्ला अस्पताल, गुलरियाको हातामा रहेको प्लान्टबाट अक्सिजन उत्पादन बन्द भएको छ । करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ ।

०७७/०७८ सालदेखि उत्पादन सुरु भएको ३ वर्षपछि बन्द भएको हो । कोभिडको समय अक्सिजनको अभाव भएपछि संघीय सरकारको सहयोगमा अक्सिजन पलान्ट स्थापना गरिएको थियो । यस प्लान्टबाट दैनिक २० एमएम अक्सिजन उत्पादन हुँदै आएको थियो । जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले अक्सिजन प्लान्ट वर्षेनी सर्भिसिङ गर्नुपर्ने बताए । ‘अक्सिजनको माग अन्यत्र हुन सकेको छैन ,’ उनले भने, ‘उत्पादन खर्चभन्दा खरिद गर्दा कम मूल्य पर्ने भएकाले प्लान्ट बन्द भएको हो ।’

अस्पताल हाता भित्र निर्माण गरिएको अक्सिजन प्लान्टबाट स्टोर गर्न पाइप लाइन जडान गरिएको छ । ८१ लाख ९० हजार बढीको लागतमा भौतिक संरचनासहित अक्सिजन प्लान्ट निर्माण भएको थियो । ४५ लाख लागतमा पाइप लाइन विस्तार गरिएको थियो ।

७५/७५ लिटर क्षमता भएका ठूलो सिलिण्डरमा अक्सिजन भरिन्थ्यो । संघीय सरकारको सशर्त अनुदानमा  स्थापना भएको पलान्ट बन्द भएपछि बिरामीका लागि अक्सिजनका लिन नेपालगन्ज र कोहलपुर जानुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बताउॅछन ।

अक्सिजन प्लान्ट सञ्चालन गर्दा वार्षिक १८ लाख बढीको खर्च हुने गरेको छ । बाहिरबाट खरिद गर्दा १४/१५ लाख खर्च हुने गरेको अस्पतालले जनाएको छ । प्लान्टमा नियमित खटिने दुई कर्मचारीको तलब, विद्युत्,सर्भिसिङलगायतका खर्चमा १८ लाख बढीको खर्च हुने गरेको मेसु डाक्टर पाण्डेयले जनाए ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
33m ago
बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द

बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द

बर्दिया अस्पतालमा तीन वर्षदेखि अक्सिजन उत्पादन बन्द करिब तीन वर्ष अघिदेखि प्लान्टबाट अक्सिजन उत्दादन बन्द भएपछि नेपालगन्ज र कोहलपुरबाट खरिद हुँदै आएको छ । मंसिर ६, २०८३ कमल पन्थी बर्दिया — बर्द...

#अक्सिजन #बर्दिया #उत्पादन
Compare →
Bizshala
1d ago
एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा तीन सामुदायिक विद्यालय र एक अस्पताललाई सहयोग, खानेपानी शुद्धीकरण प्लान्ट र स्वास्थ्य उपकरण हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन...

#बर्दिया #अस्पताल
Compare →
Nagarik News
5d ago
अस्पताल बनाउने वाचा ७ वर्षदेखि अलपत्र, अनशनपछि प्रक्रिया थाल्न कोशी सरकार सहमत

अस्पताल बनाउने वाचा ७ वर्षदेखि अलपत्र, अनशनपछि प्रक्रिया थाल्न कोशी सरकार सहमत

अस्पतालको माग गर्दै ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ७ का स्थानियले कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि  आमरण अनशन थाले पछि प्रदेश सरकारले अस्पताल निर्माण प्रक्रिया अघि बढाउने भएको छ।

#अस्पताल #वर्षदेखि
Compare →
Onlinekhabar
2d ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

४ मंसिर, भुरीगाउँ (बर्दिया) । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ । प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा बर्दियामा खोखो र …

#बर्दिया
Compare →

Related Stories

Health & Wellness
Build #2612