Trending
Prev Story
Next Story

बर्दियामा ब्राउन सुगरसहित बाँकेका युवक पक्राउ

Ekantipur •
November 21, 2026 • 11:33 AM
3
3 reads 0 reactions

सीमावर्ती बजारबाट फर्किंदै गरेका बाँकेका युवकबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बर्दियामा ब्राउन सुगरसहित बाँकेका युवक पक्राउ

सीमावर्ती बजारबाट फर्किंदै गरेका बाँकेका युवकबाट ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बर्दिया — भारतीय सीमा नाकाको बलैगाउँ बजार हुँदै आउँदै गर्दा कण्ठपुरमा लागुऔषधसहित बाँकेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके बैजनाथ गाउँपालिका–४ का ३० वर्षीय जय थापालाई शंका लागी जाँच गर्दा दाहिने हातमा लुकाइछिपाई राखेको अवस्थामा प्लास्टिक र कालो धागोले बाँधेको २ ग्राम ४ सय ४४ मिलिग्राम उक्त पदार्थ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी वीरेन्द्रबहादुर बोहोराले ब्राउन सुगरजस्तो देखिने खैरो गिलो पदार्थसहित एक थान मोबाइलसमेत बरामद गरिएको बताए । उनले थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, मैनापोखरमा राखेर अनुसन्धान भइरहेको जनाए । भारतको सीमावर्ती बलैगाउँ र लौकाही बजारमा लागुऔषध खुलेयाम बेचबिखन हुने गरेका कारण बर्दियाबाहेक अन्य जिल्लाबाट पनि कारोबारी र सेवनकर्ता जाने गरेको प्रहरीले जनायो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

बर्दिया । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने भएसँगै त्यसको तयारी तीव्र पारिएको छ। प्रतियोगिताअन्तर्गत बाँकेमा पौडी र सुटिङ तथा ब...

#बाँके #बर्दिया
Compare →
Onlinekhabar
4d ago
बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान …

#बर्दिया #ब्राउन
Compare →
Nagarik News
2d ago
बाँकेका दुग्ध किसान मर्कामा

बाँकेका दुग्ध किसान मर्कामा

बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन् ।

#बाँके
Compare →
Bizshala
2d ago
३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण

३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण

काठमाण्डौ । झन्डै चार दशकदेखि जग्गाको स्वामित्व पाउने प्रतीक्षामा रहेका बाँकेको राप्ती सोनारी गाउँपालिकाका १०...

#बाँके
Compare →

Related Stories

Business & Economy
Build #2612