Trending
Prev Story
Next Story

विराटनगरको उखुबारीमा एक युवकको शव भेटियो

Onlinekhabar •
November 20, 2026 • 11:30 AM
3
3 reads 0 reactions

४ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा रहेको उखुबारीमा एक युवकको शव फेला परेको छ । शुक्रबार दिउँसो शव शंकास्पद अवस्थामा फेला परेको हो । अन्दाजी २५–२६ वर्षका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको मोरङ …

विराटनगरको उखुबारीमा एक युवकको शव भेटियो

४ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका–४ इक्राहीमा रहेको उखुबारीमा एक युवकको शव फेला परेको छ । शुक्रबार दिउँसो शव शंकास्पद अवस्थामा फेला परेको हो ।

अन्दाजी २५–२६ वर्षका देखिने युवकको शव घोप्टो परेको अवस्थामा भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।

शवको दाहिने कानमा चोट लागेको र सामान्य रगत बगेको देखिएको उनले बताए । प्रारम्भिक अवस्थाको निरीक्षणपछि हत्या गरेर उखुबारीमा फालिएको हुनसक्ने प्रहरीको आशंका छ । वन्यजन्तुको आक्रमण वा अन्य कारणबारे पनि अनुसन्धान भइरहेको छ ।

घटनास्थल पुगेर फर्किएका कटवालले तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानमा प्रयोग गरिने बताए । फरेन्सिक टोली पुगेपछि मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने प्रहरीको तयारी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

सुर्खेतमा कारागारभित्र पुर्पक्षमा पठाएको दुई दिनमै एक जना युवती मृत फेला परेकी छन्। कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेकी १९ वर्षीया संगीता शाही शुक्रबार बिहान मृत फेला परेकी हुन्...

#परे #फेला
Compare →
Nagarik News
4d ago
तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी

तीन शताब्दी पुरानो अभिलेख फेला परेको दावी

काठमाडौं उपत्यकाका चारजना अध्ययनकर्ताहरुले भक्तपुर र ललितपुरको पहाडी सिमानामा अवस्थित काशी विश्वेश्वरनाथ मन्दिर परिसरमा ३०५ वर्ष पुरानो शिलालेख फेला परेको दावी गरेका छन् ।

#परे #फेला
Compare →
Ekantipur
9h ago
प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्ग क्षेत्रमा रहेको प्रेमिकाको कोठामा चौधरी अचेत अवस्थामा फेला परेका थिए ।

#फेला #युवक
Compare →
Arthasansar
6d ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#विराटनगर
Compare →

Related Stories

World News
Build #2612