Trending
Prev Story
Next Story

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Arthasansar •
November 14, 2026 • 01:05 PM
3
3 reads 0 reactions

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो ।

विराटनगरका लागि असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । शुभम रन्जानेले २४ बल खेल्दै ४ चौका मदतमा अविजित ३१ रन बनाए । ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन जोडे । शेहान जयासूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए । विराटनगर ७०–१ को अवस्थामा हुँदा ओपनर इमरान शेख रिटायर्ड हर्ट भएका थिए । त्यसपछि क्रिजमा आएका शुभम रन्जालेसँग मिलेर असलंकाले ७५ रनको साझेदारी गरे ।

बलिङमा लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । किशोरले ४ ओभरमा २४ रन मात्र खर्चिँदा अभिशेषले ३ ओभरमा १५ रन मात्र खर्चिए । ट्रमपलम्यान भने महँगा बने । उनले ४ ओभरमा ५२ रन खर्चिए । बसिर अहमदले अविजित ६ रन जोडे । किशोर महतोले २ तथा अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट लिए । विराटनगरलाई प्लेअफ सम्भावना कायम राख्न यो खेल जित्नैपर्ने अवस्था छ । यस खेलमा पराजित भएमा विराटनगर प्लेअफ होडबाट बाहिरिनेछ । यस्तै लुम्बिनीले यस खेल जितेमा शीर्ष स्थान उक्लेनछ र पहिलो क्वालिफायर खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
24m ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

२८ कात्तिक, काठमाडौं । चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Hamro Patro News
30m ago
चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Ekantipur
23m ago
असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई ठूलो लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई ठूलो लक्ष्य

असलंकाले ४३ बलमा ६४ रन बनाएपछि विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन जोड्यो।

#विराटनगर #असलंका #अर्धशतक
Compare →
Nagarik News
1h ago
विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत विराटनगर किङ्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →

Related Stories

National (Nepal)
Build #2612