Trending
Prev Story
Next Story

असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई ठूलो लक्ष्य

Ekantipur •
November 14, 2026 • 01:02 PM
1
1 reads 0 reactions

असलंकाले ४३ बलमा ६४ रन बनाएपछि विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन जोड्यो।

असलंकाको अर्धशतकमा विराटनगरद्वारा लुम्बिनीलाई ठूलो लक्ष्य

असलंकाले ४३ बलमा ६४ रन बनाएपछि विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १६६ रन जोड्यो।

चारिथ असलंकाको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटको शनिबार लुम्बिनी लायन्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ । असलंकाले ४३ बलमा ६४ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ६६ रन बनायो ।

लोकेश बम १७ बल खेली २ चौका प्रहार गरी १५ रन बनाई पाँचौं ओभरमा आउट भए । त्यसपछि असलंकाले इमरान शेख र शुभम् रन्जनेसँग मिलेर विराटनगरलाई राम्रो योगफलमा उभ्याएका हुन् । इमरान २९ बल खेली १ छक्का प्रहार गर्दै २४ रनमा आउट भए ।

असलंकाले आफूले पाएका दुईवटा जीवनदानको पूरा फाइदा उठाए । उनी २२ रनमा हुँदा रुबेन ट्रम्पलमनले लङ अनमा र ४७ रनमा हुँदा आसिफ शेखले लङ अफमा क्याच छाडेका थिए । असलंकाले आफ्नो इनिङ्समा १ चौका र ६ छक्का प्रहार गरे ।

रन्जने २४ बल खेली ४ चौका प्रहार गरी ३१ रनमा अविजित रहे । सेहन जयसुर्या १ र इसुरु उडाना ६ रनमा अविजित रहे । लुम्बिनीका किशोर महतोले ४ ओभरमा २४ रन खर्चेर २ तथा ट्रम्पलमन र अभिशेष गौतमले १–१ विकेट लिए । ट्रम्पलमनले त्यसका लागि ४ ओभरमा ५२ रन खर्चन पुगेका थिए । अभिशेषले ३ ओभरमा १५ रनमात्र खर्चेका थिए ।

लुम्बिनी यसअघि नै प्लेअफमा निश्चित भइसकेको छ र यस खेल जितेमा शीर्ष टोली बन्दै क्वालिफायरमा पुग्ने छ । विराटनगरलाई प्लेअफमा पुग्ने आशालाई जीवितै राख्न यस खेल जित्नै पर्ने दबाब रहेको छ । लुम्बिनी ९ अंकसहित दोस्रो स्थानमा छ ।

विराटनगरमाथि विजय हात पारेमा १० अंकमा रहेको सुदूरपश्चिम रोयल्सलाई उछिन्दै लुम्बिनी शीर्ष स्थानमा निश्चित हुनेछ । विराटनगरले जित हात पारेमा ८ अंक पुग्ने छ र चौथो स्थानमा उक्लने छ ।

विराटनगरको प्लेअफमा पुग्ने आशा चितवन राइनोज र कर्णाली याक्सबीचको खेलमा अड्किएको छ । चितवनले कर्णालीलाई पराजित गरेमा विराटनगर प्लेअफ दौडबाट बाहिरिने छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
23m ago
असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

असलंकाको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चरिथ असलंकाको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ...

#असलंका #विराटनगर #अर्धशतक
Compare →
Hamro Patro News
32m ago
चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

चारिथको अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ...

#विराटनगर #अर्धशतक #लुम्बिनी
Compare →
Onlinekhabar
27m ago
असलंकाले बनाए अर्धशतक

असलंकाले बनाए अर्धशतक

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सका चरिथ असलंकाले नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३९ बलमा एक चौका र ५ छक्का मद्दतमा ५५ रन बनाउँदै अर्धशतक पूरा गरेका हुन् ।

#असलंका #अर्धशतक
Compare →
Nagarik News
1h ago
इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङ

इमरान ‘रिटायर्ड हर्ट’, असलङ्काको आक्रामक ब्याटिङ

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारुी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले १२.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएको छ।

#विराटनगर #बलमा
Compare →

Related Stories

Sports
Build #2612