Trending
Prev Story
Next Story

क्षितिज र सिन्दिरालाई चेस उपाधि

Ekantipur •
November 14, 2026 • 01:02 PM
2
2 reads 0 reactions

क्याटगोरी ‘बी’ मा सिन्दिरा जोशी साढे ५.५ अंकसहित विजेता भइन् । समान अंक भएकी राधिका पौडेल दोस्रो र ५ अंक बटुलेकी कुसुम घिसिङ तेस्रो भए ।

क्षितिज र सिन्दिरालाई चेस उपाधि

क्याटगोरी ‘बी’ मा सिन्दिरा जोशी साढे ५.५ अंकसहित विजेता भइन् । समान अंक भएकी राधिका पौडेल दोस्रो र ५ अंक बटुलेकी कुसुम घिसिङ तेस्रो भए ।

काठमाडौं — क्षितिज भण्डारीले प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटगोरी ‘ए’ मा उपाधि जितेका छन् । उनले ७ चरणमा ५ अंक जोडेका थिए । समान अंक भएका सुशील चौधरी दोस्रो र कमल श्रेष्ठ तेस्रो भए ।

क्याटगोरी ‘बी’ मा सिन्दिरा जोशी साढे ५.५ अंकसहित विजेता भइन् । समान अंक भएकी राधिका पौडेल दोस्रो र ५ अंक बटुलेकी कुसुम घिसिङ तेस्रो भए । क्याटगोरी ‘सी’ मा राजीव कार्की विजेता र महेन्द्रकुमार सम्बाहाम्फे उपविजेता भए । क्याटगोरीमा ‘डी’ मा पदमकृष्ण श्रेष्ठ विजयी भए ।

काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा भएको प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता थियो ।

विजयी खेलाडीलाई काठमाडौं २८ का अध्यक्ष भाइराम खड्गी, प्रतियोगिता निर्देशक इन्द्र बस्नेत, थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्य, पूर्व राष्ट्रिय च्याम्पियन नवीन तुण्डकार र मुख्य निर्णायक ज्ञानेन्द्र खाइजुलगायतले पुरस्कार प्रदान गरे ।

Prev Swipe Story Next

Related Stories

Sports
Build #2612