Trending
Prev Story
Next Story

प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता

Ekantipur •
November 13, 2026 • 01:01 PM
1
1 reads 0 reactions

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तण्डुकारको साढे २ अंक छ ।

प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तण्डुकारको साढे २ अंक छ ।

काठमाडौँ — प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगितामा कमल श्रेष्ठले अग्रता बनाएका छन् ।

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तण्डुकारको साढे २ अंक छ ।

क्याटगोरी ‘बी’ मा राधिका पौडेल ४ अंकसहित शीर्षस्थानमा छिन् । दोस्रो स्थानमा रहेकी प्रज्ञा पन्त र सिन्दिरा जोशीको समान ३ अंक छ ।

क्याटगोरी ‘सी’ मा राजकुमार राई ४ अंकसहित शीर्षस्थानमा छन् । पूर्णराज खड्का, पूर्वा लामा, महेन्द्र सम्बाहाम्फे र सुनिल घिमिरेको साढे ३ अंक छ । ‘डी’ मा अनमोल चन्द, दीपेन्ऽ काˆले, पदमकृष्ण श्रेष्ठ र राजन शाहको समान ४ अंक छ ।

काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा जारी प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता छ ।

प्रतियोगिताको काठमाडौं २८ का अध्यक्ष भाइराम खड्गीले उद्घाटन गरे । थापाथली चेस पार्कका अध्यक्ष सानुराजा वज्राचार्य र प्रतियोगिता निर्देशक इन्ऽ बस्नेतले प्रतियोगिताबारे जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5h ago
प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता

प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता

प्रथम वडाध्यक्ष कप फिडे र्‍यापिड चेस : पहिलो दिन कमल र राधिकाको अग्रता स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रबार सम्पन्न चार चरणको खेलमा क्याटगोरी ‘ए’ तर्फ उनले साढे ३ अंक प्राप्त गरे । सुशील चौ...

#चरण #प्रथम #वडाध्यक्ष
Compare →

Related Stories

Sports
Build #2611