६ ह्यान्डिक्यापमा खेलेका तरुण अग्रवालले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।
काठमाडौँ — तरुण अग्रवालले गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा शनिबार सम्पन्न सलिको गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
६ ह्यान्डिक्यापमा खेलेका तरुणले कुल ३८ अंक जोड्दै उपाधि जितेका हुन् । उपाधिसँगै उनले सिम्रिक एयरको प्रायोजित अन्नपूर्ण आधार सिविरसम्म हेलिकप्टर यात्राको अवसरसमेत पाएका छन् ।
सुरज श्रेष्ठले ३६ अंकसहित काउन्टब्याकका आधारमा उपविजेता भए । समान ३६ अंक जोडेका विष्णु कार्की र किशोर बस्नेतलाई पछि पार्दै सुरज उपविजेता भएका हुन् । उनले ब्याकनाइनमा १९ अंक जोड्दा विष्णुले १७ र किशोरले १५ अंक बटुलेका थिए ।
वाङचेन धोन्डुपले ३५ ग्रस अंकसहित ग्रस विधाको उपाधि जिते । उनले अल्टिच्युड एयरको गोसाइँकुण्डसम्म हेलिकप्टर यात्रा अवसर पाएका छन् । महिलातर्फ गल्फर तारा कार्की ३७ अंकसहित विजयी भइन् भने आरती राज्यलक्ष्मी राणा ३१ अंकसहित उपविजेता भइन् ।
६० वर्षमाथिको सिनियर विधामा विजयबहादुर श्रेष्ठले ३६ अंकसहित उपाधि जिते । सुपर सिनियर विधाको उपाधि नरेश्वरजंग गुरुङले ३३ अंक जितेका थिए ।
प्रतियोगितामा ३० औं स्थान हासिल गरेका राजेन्द्रमान शेरचनलाई विशेष ‘सलिको सम्मान’ प्रदान गरियो । प्रतियोगितामा कुल १०४ जना खेलाडीको सहभागिता थियो । दोर्जे होआजाङत्साङले लङ्गेस्ट ड्राइभ अवार्ड जित्दा कर्मा घलेले क्लोजेस्ट टु द पिन अवार्ड प्राप्त गरे ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा आयोजित प्रतियोगिता ३÷४ ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फम्र्याटमा खेलाइएको थियो ।
विजेताहरूलाई सलिकोका अध्यक्ष मनोहर दास मूल, प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री, सञ्चालक समिति सदस्य सिद्धार्थमणि राजभण्डारी तथा अरुणराज श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरे ।