नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारुी खेलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गरिरहेको विराटनगर किङ्सले १२.४ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८३ रन बनाएको छ।
कीर्तिपुरमा जारी डे-नाइट खेलमा इमरान शेख २९ बलमा १ छक्कासहित २४ रन बनाएर ‘रिटायर्ड हर्ट’ भई मैदानबाट बाहिरिएपछि चरिथ असलङ्काले विराटनगरको इनिङ्स सम्हालेका छन्।
असलङ्का २६ बलमा १ चौका र ३ छक्काको मद्दतले ३२ रन बनाएर अविजित छन् भने उनलाई क्रिजमा ४ बलमा २ रन बनाएका शुभम रञ्जनेले साथ दिइरहेका छन्।
यसअघि विराटनगरले ४.४ ओभरमा ३३ रन जोड्दा पहिलो विकेटका रूपमा ओपनर तथा विकेटकिपर लोकेश बमलाई गुमाएको थियो।
बम १७ बलमा २ चौकासहित १५ रन बनाएर किशोर महतोको बलमा विकेटकिपर डिकवेलाबाट क्याच आउट भए । विराटनगरले अतिरिक्तबाट १० रन प्राप्त गरेको छ।
लुम्बिनीका लागि किशोर महतोले २ ओभरमा मात्र ४ रन खर्चिएर १ विकेट लिएका छन्। यस्तै, रोहित पौडेलले १ ओभरमा ३ रन, अभिषेश गौतमले २ ओभरमा ८ रन, शेर मल्लले २.४ ओभरमा १५ रन र डार्सी सर्टले १ ओभरमा ९ रन दिए।
रुबेन ट्रम्पेलम्यान र अली शेखले समान २-२ ओभरमा २०-२० रन खर्चिए।
प्रकाशित: २८ कार्तिक २०८३ १८:०८ शनिबार