४ मंसिर, काठमाडौं । टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढी (जीएलओएफ) बाट प्रभावित नुवाकोटका परिवारलाई दुई हजार थान स्टिल दराज हस्तान्तरण गरेका छन्।
‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत घर तथा घरभित्रका सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दराज वितरण गरिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मार्गदर्शनमा सञ्चालित यस कार्यक्रमले प्रभावित परिवारको तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस र सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाललगायत टाटा तथा सिप्रदी समूहका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो।
टाटा समूहले विपद् प्रतिकार्यलाई तत्कालीन राहतमा मात्र सीमित नराखी प्रभावित परिवारलाई सामान्य जीवनमा फर्काउन र सुरक्षित भविष्य निर्माण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।