Trending
Prev Story
Next Story

नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

Bizshala •
November 19, 2026 • 02:34 PM
2
2 reads 0 reactions

काठमाण्डौ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढीप्रभावित परिवारलाई स्टिलका दुई हजार दराज हस्तान्तरण...

नुवाकोटका बाढीपीडितलाई टाटा र सिप्रदियनको दुई हजार दराज सहयोग

काठमाण्डौ । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढीप्रभावित परिवारलाई स्टिलका दुई हजार दराज हस्तान्तरण गरेका छन्। बाढीबाट घर तथा घरायसी सामग्री गुमाएका परिवारको दैनिक जीवन सहज बनाउन र दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्‍याउन उक्त सामग्री उपलब्ध गराइएको हो।

‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत हिमताल विस्फोटबाट आएको बाढीका कारण प्रभावित परिवारलाई सहयोग गरिएको संस्थाले जनाएको छ। दराज उपलब्ध भएपछि परिवारलाई दैनिक प्रयोगका घरायसी सामग्री सुरक्षित राख्न सहज हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा यो पहल सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ।

हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्यलाई तत्कालीन राहतमा मात्र सीमित गर्न नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापित गर्दै जीवन सामान्य अवस्थामा फर्काउन र सुरक्षित भविष्यतर्फ अघि बढ्न सहयोग गर्नु पनि उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो। उनले नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूहको साथ निरन्तर रहने प्रतिबद्धता जनाए।

सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले वास्तविक आवश्यकता भएका व्यक्ति तथा समुदायसम्म अर्थपूर्ण सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको बताए। नुवाकोटमा गरिएको सहयोग कठिन परिस्थितिमा रहेका समुदायसँग साथमा उभिने प्रतिबद्धताको उदाहरण भएको उल्लेख गर्दै उनले समावेशी र विपद् सामना गर्न सक्षम समाज निर्माणमा योगदान गर्ने धारणा राखे।

कार्यक्रममा टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी र वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियाको उपस्थिति थियो। विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा स्थानीय सरोकारवाला पनि कार्यक्रममा सहभागी थिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
६८ दिन बित्दा पनि बाढीपीडितको पुनर्वास सुरु भएन, नुवाकोटमा सरकारविरुद्ध प्रदर्शन

६८ दिन बित्दा पनि बाढीपीडितको पुनर्वास सुरु भएन, नुवाकोटमा सरकारविरुद्ध प्रदर्शन

विदुर । रसुवागढी क्षेत्रबाट ल्हेन्देखोला हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घरबार, खेतबारी र आफन्त गुमाएका नुवाकोटका बाढीपीडितले घटनाको ६८ दिन बितिसक्दा पनि पुनर्वासको प्रक्रिया...

#बाढी-पहिरो #नुवाकोट #बाढीपीडित
Compare →
Onlinekhabar
1w ago
कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

२० कात्तिक, विदुर (नुवाकोट) । गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई काठमाडौं र नुवाकोटमा अस्थायी सेल्टरको व्यवस्था गरिएको छ । टिमुरे र स्याफ्रुबेसीबाट उद्धार गरिएकालाई काठमाडौंमा र उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार …

#बाढी-पहिरो #नुवाकोट #बाढीपीडित
Compare →
Nagarik News
1d ago
नेपालका बाढीपीडितको न्यायका लागि अन्तल्यामा प्रदर्शन

नेपालका बाढीपीडितको न्यायका लागि अन्तल्यामा प्रदर्शन

बाढीमा आफन्त गुमाएका तर शवसमेत फेला नपरेपछि अन्तिम संस्कार गर्न नपाएका परिवारको पीडा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्‍याउने उद्देश्यले प्रतीकात्मक शव राखिएको आयोजकले बताए।

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Ekantipur
2d ago
पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Science & Climate
Build #2612