काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण भएको छ। रूपान्तरणपछि दुवै संस्थाको संस्थापक तथा सर्वसाधारण सेयर स्वामित्व अनुपात ६०:४० कायम भएको छ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ११ लाख ९५ हजार ९५३.७१ कित्ता संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण भएको हो।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ लाख २५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण भएको छ।
यससँगै दुवै संस्थामा संस्थापक समूहको स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व ४० प्रतिशत कायम भएको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।