Trending
Prev Story
Next Story

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

Onlinekhabar •
November 12, 2026 • 11:00 AM
1
1 reads 0 reactions

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको …

रविले जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् ।

सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपा सांसद मनिष झाले जानकारी दिए । झाले सभापति लामिछानेले जनकपुर आउने भएपछि तयारी तीव्र बनाइएको पनि बतँए

लामिछाने आफ्नी श्रीमतीसहित परिवारका सदस्यसँगै जनकपुर आउने तयारीमा रहेको उनले बताए । लामिछाने पत्नी निकिता पौडेल लामिछानले खरनादेखि बिहानको अघ्र्यसम्मका सम्पूर्ण विधिमा व्रत बसेर छठमा सहभागी हुने उनले बताए ।

लामिछानेले छठका विधिमा सहभागी हुन पार्टीका कुनै सदस्य वा सदस्यका आफन्तको घर नभई सामान्य सर्वसाधारण नागरिकको घर रोज्न आग्रह गरेको पनि उनले बताए ।

‘सभापतिज्युले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सबै विधिहरूमा सरिक हुने, सपरिवार भन्नुभएको छ । उहाँको परिवारको सदस्य उहाँको श्रीमती लगायत सबै आउँदै हुनुहुन्छ । सो व्यक्ति पार्टीसँग सम्बन्धित नहोस् भन्ने उहाँको आग्रह छ,’ उनले भने ।

राजनीतिक आग्रह र प्रभावबाट मुक्त रहन यस्तो व्यवस्था गर्न खोजिएको उनको भनाइ छ ।

झाकाअनुसार भ्रमणका क्रममा राजनीतिक कार्यक्रमलाई प्राथमिकता दिइने छैन । राजनीतिक कार्यक्रम नराखी सकेसम्म धेरै छठ घाटमा पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी भइरहेको उनले बताए ।

‘पार्टीको सदस्यको घरमा होइन कि सामान्य कोही नागरिकको घरमा सरिक हुने र त्यो पार्टीको सदस्य वा पार्टी सदस्यको आफन्त पनि नहोस् किनकि राजनीतिक आग्रहहरू त्यहाँ जोडिन सक्छ भन्ने उहाँको कुरा छ,’ झाले भने, ‘उहाँको श्रीमतीले विधिवत् रूपमा खरनादेखि बिहानको अर्घसम्म सबै प्रक्रियाहरूमा व्रत बसेर सरिक हुने इच्छा राख्नुभएको छ । र त्यहीअनुसार हामीले तयारी गर्दैछौँ ।’

उनका अनुसार भीडभाड व्यवस्थापनलाई ध्यानमा छठ पुजाको व्यवस्थापन मिलाईएको छ । विगतमा जनकपुरमा विवाहपञ्चमी लगायतका कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित भएको, सर्वसाधारणलाई असहज भएको तथा सुरक्षा चुनौती देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी तयारी गरिएको उनले जानकारी दिए ।

प्रधानमन्त्री बालेन शाहको जनकपुर भ्रमणबारे भने कुनै औपचारिक जानकारी नआएको पनि उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
एउटै घरमा बसेर पनि परिवारका सदस्यबीच किन बढ्दैछ दूरी? मोबाइलले बदलिरहेको सम्बन्धको कथा!

एउटै घरमा बसेर पनि परिवारका सदस्यबीच किन बढ्दैछ दूरी? मोबाइलले बदलिरहेको सम्बन्धको कथा!

काठमाडौं। पहिले परिवारका सदस्यहरू साँझ परेपछि सँगै बसेर दिनभरिका कुरा सुनाउने गर्थे। घरमा रमाइलो कुराकानी हुन्थ्यो, बालबालिका हजुरबा–हजुरआमाका कथा सुन्थे र परिवारसँग समय बिताउने चलन थियो। तर अहिले...

#घरमा #बसेर
Compare →
Nagarik News
2d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#सर्वसाधारण
Compare →

Related Stories

Sports
Build #2611