Trending
Prev Story
Next Story

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

Nagarik News •
November 11, 2026 • 09:56 AM
1
1 reads 0 reactions

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

1 / 2
Swipe Photos

काठमाडौंका सडकमा ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर नियन्त्रणमा लिइएको हो।

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको टोलीले स्वरूप परिवर्तन गरिएका र ठूलो आवाज निकाल्ने दुईपाङ्ग्रे सवारीसाधन फेला पारेपछि नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सबै सवारीसाधनमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०८३ १५:४१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवा...

#आवाज #सवारीसाधन #नियन्त्रण
Compare →
Onlinekhabar
4d ago
तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

२३ कात्तिक, काठमाडौं । तिहारको समयमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले …

#आवाज #नियन्त्रण
Compare →
Ekantipur
3h ago
बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

#सवारीसाधन
Compare →

Related Stories

National (Nepal)
Build #2611