Trending
Prev Story
Next Story

केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको छः अध्यक्ष याङ वानमिङ

Onlinekhabar •
November 19, 2026 • 11:30 AM
1
1 reads 0 reactions

३ मङ्सिर, भक्तपुर । चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्यअघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको बताएका छन्। भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल …

केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको छः अध्यक्ष याङ वानमिङ

३ मङ्सिर, भक्तपुर । चीनको चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्यअघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्न चीन लागिरहेको बताएका छन्।

भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल प्रजापतिसँग आज भएको मैत्रीपूर्ण भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको र विपद्को सवालमा पनि थप सहयोग गर्ने अध्यक्ष वानमिङ्गले बताए।

तीनदिने नेपाल भ्रमणका क्रममा आज भक्तपुर आउनुभएको सङ्घका अध्यक्ष वानमिङ्गसहितको प्रतिनिधिमण्डलले नगरप्रमुख प्रजापतिसँग छलफलमा कठिन परिस्थितिमा पनि दुवै देश एकअर्काको साथमा उभिँदै आएको भन्दै भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता विपद्का समयमा दुवै देशले एकअर्कालाई सहयोग गरेको बताए।

उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै उहाँले त्यसयता दुवै देशका नेतृत्वबीच आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा व्यापक छलफल र सहकार्य हुँदै आएको बताए।

भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ र मित्रवत् रहँदै आएको उल्लेख गर्दै सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिहरूले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक मित्रतालाई प्रस्ट पारेको बताए।

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएपछि चीनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै सडक पूर्वाधार निर्माण, विभिन्न उद्योगधन्दाको स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनले गरेको सहयोग नेपालको विकास यात्रामा महत्वपूर्ण रहेको उनले बताए। चिनियाँ टोलीले भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदास्थलहरू दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन भ्रमण गरेको थियो ।

भ्रमण टोलीमा चिनियाँ दूतावासको तर्फबाट मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङ्गच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ्ग र उपनिर्देशक आइ लिन, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्षका सचिव चङ्ग छन, कर्मचारी होउ मङ्गवेइ, कोङ स्यु, चउ थाओलगायतको सहभागिता रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
25m ago
केरुङ नाका सञ्चालन गर्न चीनले तयारी गरिरहेको छ : अध्यक्ष वानमिंग

केरुङ नाका सञ्चालन गर्न चीनले तयारी गरिरहेको छ : अध्यक्ष वानमिंग

वानमिंगले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताए।

#बाढी-पहिरो #चीन #केरुङ
Compare →
Ekantipur
1h ago
चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित

चीनमा पदक जित्ने वीरगन्जका तीन खेलाडी सम्मानित

चीनको सान्या सहरमा गत २६ र २७ सेप्टेम्बरमा आयोजित हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा पदक जितेका खेलाडीलाई वीरगन्ज महानगरपालिकाले बिहीबार सम्मान गरेको हो ।

#चीन
Compare →
Hamro Patro News
5h ago
चीनमा पदक विजेता खेलाडीलाई वीरगन्ज महानगरले गर्यो सम्मान

चीनमा पदक विजेता खेलाडीलाई वीरगन्ज महानगरले गर्यो सम्मान

वीरगन्ज : चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जजका तीनजना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मानित गरेको छ । चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिकमा...

#चीन
Compare →
Bizshala
1d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#नाका
Compare →

Related Stories

World News
Build #2612