Trending
Prev Story
Next Story

उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने भन्ने विषयमा कोशी प्रदेश स्पष्ट छ : उपाध्यक्ष तारानाथ निरौला

Ekantipur •
November 20, 2026 • 12:32 PM
2
2 reads 0 reactions

उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने र स्थानीय कच्चा पदार्थमा आधारित वस्तुलाई कसरी विश्व बजारमा पुर्‍याउने भन्ने विषयमा कोशी प्रदेश सरकार स्पष्ट रहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले बताएका छन् ।

उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने भन्ने विषयमा कोशी प्रदेश स्पष्ट छ : उपाध्यक्ष तारानाथ निरौला

उत्पादन र उत्पादकत्व कसरी वृद्धि गर्ने र स्थानीय कच्चा पदार्थमा आधारित वस्तुलाई कसरी विश्व बजारमा पुर्‍याउने भन्ने विषयमा कोशी प्रदेश सरकार स्पष्ट रहेको कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले बताएका छन् ।

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व : सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रमको दोस्रो सत्र ‘कोशीको उत्पादन विश्व बजारमा पहुँच’ मा बोल्दै उपाध्यक्ष निरौलाले कोशी प्रदेश अथाह सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गरे । उनका अनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि नबढेसम्म तथा उद्योगी, व्यापारी र व्यवसायीलाई हेर्ने सरकारी दृष्टिकोण नबदलेसम्म अपेक्षित प्रगति सम्भव छैन ।

कृषि क्षेत्रमा कोशी प्रदेशको ठूलो सम्भावना भए पनि नीतिगत कमजोरीका कारण उत्पादन बढाउन नसकिएको निरौलाको भनाइ छ । ‘निर्यातयोग्य ४७ भन्दा बढी वस्तु आयातित कच्चा पदार्थ, विशेषगरी तेलमा निर्भर छन्,’ उनले भने, ‘कोशीका पहाडी क्षेत्रमा फल्ने भटमास विश्वकै उत्कृष्ट भए पनि त्यसबाट तेल र प्रोटिन एक्सट्र्याक्ट गर्न चुकेका छौँ ।’

उपाध्यक्ष निरौलाका अनुसार अम्रिसो र चियाको निर्यात घटेको छ भने अलैँचीको निर्यातमा सामान्य मात्र सुधार देखिएको छ । समग्रमा कृषि उपजको निर्यात कुल निर्यातको १० देखि १५ प्रतिशतभन्दा माथि उक्लन नसकेको उनले बताए । ‘ढाका, अल्लोको धागो हामीले किन उत्पादन गर्न सक्दैनौँ ?’  उनले भने, ‘यी सबै विषयलाई हेरेर कोशी प्रदेश सरकार आफ्नो योजनामा स्पष्ट छ र भिजन सेट गर्दै छ । हाम्रा १४ वटै जिल्लाबाट हामी अवसर, चुनौती र सम्भावना खोज्दै छौँ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5h ago
कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

#उत्पादन
Compare →
Hamro Patro News
13h ago
प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र (प्याराग्लाइडिङ स्कुल) सञ्चालनमा आएको छ । पोखरामा प्याराग्लाइडिङ व्यावसायिक उडान सुरु भएको करिब तीन दशकपछि दक्ष ...

#उत्पादन
Compare →
Onlinekhabar
21h ago
सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

सरकार फेर्न गुण्डु धाउन थाले कोशीका एमाले नेताहरू

३ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्न नेकपा एमालेका नेताहरू फेरि अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवास धाउन थालेका छन् । मंगलबार कोशी प्रदेशका केही नेताहरूले भेटवार्ता गरेसँगै सरकार फेर्ने कसरत फेरि …

#कोशी
Compare →
Nagarik News
1d ago
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ।

#उत्पादन
Compare →

Related Stories

Business & Economy
Build #2612