Trending
Prev Story
Next Story

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

Bizshala •
November 20, 2026 • 08:36 AM
3
3 reads 0 reactions

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको...

कृषिमा ४ खर्ब ४१ अर्बको आयात घटाउन यान्त्रिकीकरणमा जोड, स्वदेशमै उपकरण उत्पादन गर्न मन्त्रीको आग्रह

काठमाण्डौ । कृषि उत्पादन र उत्पादकत्व बढाउँदै आयातमाथिको निर्भरता घटाउन आधुनिक कृषि प्रविधि तथा यान्त्रिकीकरणको प्रयोग विस्तार गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

शुक्रबारदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ को उद्घाटन समारोहमा सहभागी सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले कृषिमा यान्त्रिकीकरणसँगै स्वदेशी उपकरण उत्पादन र सहज वित्तीय पहुँच आवश्यक रहेको बताएका हुन्।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि क्षेत्रमा आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादन वृद्धि अपरिहार्य रहेको बताए।

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले करिब ४ खर्ब ४१ अर्ब रुपैयाँ बराबरका खाद्य तथा कृषिसम्बन्धी वस्तु आयात गरेको छ। यसमा खाद्यान्नसँगै कच्चा खाद्य तेल, पशु आहार तथा प्रशोधनका लागि आयात गरिने सामग्रीसमेत समावेश छन्।

मन्त्री साहले किसानलाई भाषण र आश्वासनभन्दा उत्पादन बढाउने आधुनिक प्रविधि र उपकरण आवश्यक रहेको बताए। परम्परागत खेती प्रणालीलाई आधुनिक र व्यावसायिक बनाउन कृषि यान्त्रिकीकरण महत्त्वपूर्ण आधार हुने उनको भनाइ थियो।

उनले कृषि मेसिनरी व्यवसायीलाई उपकरण आयात र बिक्रीमा मात्रै सीमित नभई नेपालमै कृषि औजार, मेसिन तथा पार्टपुर्जा उत्पादन गर्ने उद्योग स्थापना गर्न आग्रह गरे।

नेपालको भौगोलिक अवस्था र किसानको आर्थिक क्षमताअनुसार साना, सस्ता तथा सहजै मर्मत गर्न सकिने उपकरण उत्पादनलाई सरकारले प्रोत्साहन गर्ने उनले बताए। स्वदेशी कृषि मेसिनरी उद्योगको विकासका लागि आवश्यक नीतिगत सहजीकरण गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले कृषि यान्त्रिकीकरणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताए। उनले कृषि उपकरण आयातमा भन्सार छुट, किसानलाई सहुलियतपूर्ण ऋण र उपकरण मर्मतसम्भारसम्बन्धी तालिमको व्यवस्था गर्न सरकारसँग माग गरे।

उनका अनुसार वि.सं. २०७० मा मिनी टिलरको प्रदर्शनबाट सुरु भएको कृषि यान्त्रिकीकरण प्रदर्शनी अहिले आधुनिक कृषि प्रविधि तथा उपकरणको महत्त्वपूर्ण प्रदर्शनीका रूपमा विस्तार भएको छ।

खाद्य तथा कृषि संगठन (एफएओ) का कार्यक्रम व्यवस्थापक दीपक तुलाधरले जलवायु परिवर्तन, कृषि श्रमिकको अभाव र युवाको घट्दो आकर्षणका कारण यान्त्रिकीकरणको आवश्यकता झनै बढेको बताए। उनले महँगा उपकरण किन्न नसक्ने साना किसानलाई समेत प्रविधिको प्रयोग गर्ने अवसर उपलब्ध गराउनुपर्नेमा जोड दिए।

ग्लोबल आइएमई बैंकका कार्यकारी निर्देशक सुरेन्द्रराज रेग्मीले कृषि उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिसँगै वित्तीय पहुँच आवश्यक रहेको बताए। उनले नेपालको भूगोल र खेती प्रणालीलाई ध्यानमा राख्दै बैंकले कृषि क्षेत्रमा वित्तीय साझेदारका रूपमा काम गरिरहेको उल्लेख गरे।

कार्यक्रममा बागमती प्रदेश सरकारका सचिव सुधिर श्रेष्ठले अनुदानमा वितरण गरिएका कतिपय कृषि उपकरण प्रयोगविहीन अवस्थामा थन्किएको भन्दै अनुदान प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले कृषि उपकरणको गुणस्तर सुनिश्चित गर्न व्यवसायीलाई आग्रह गरे। उनले अनुदानमा अत्यधिक निर्भर हुँदा उपकरणको गुणस्तर र उपयोगितामा समेत असर पर्न सक्ने धारणा राखे।

राष्ट्रिय योजना आयोगका सदस्य देवेन्द्र गौचनले कृषि यान्त्रिकीकरणलाई उत्पादन वृद्धि, लागत न्यूनीकरण र कृषि क्षेत्रको रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने बताए।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि उपकरण उपलब्ध गराउनु मात्रै पर्याप्त नहुने भन्दै मर्मतसम्भार, दक्ष जनशक्ति, अनुसन्धान तथा प्रविधि हस्तान्तरणमा जोड दिएका थिए।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित सुरु भएको प्रदर्शनी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, २०० भन्दा बढी स्टल र दुई हजारभन्दा बढी कृषि यन्त्र तथा उपकरण रहने आयोजकले जनाएको छ।

ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रविधि, हरितगृह र शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शनीमा समावेश छन्।

राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र र नामियाको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

प्रदर्शनी तीन दिनसम्म दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2h ago
किसानलाई आश्वासन होइन, प्रविधि चाहिएको छ : मन्त्री साह

किसानलाई आश्वासन होइन, प्रविधि चाहिएको छ : मन्त्री साह

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले कृषि यान्त्रिकीकरण र उद्योगलाई जोडेर आफूले आर्थिक गतिविधिको महत्त्वपूर्ण आधार बनाउन चाहेको बताएका छन् ।

#कृषि #यान्त्रिकीकरण
Compare →
Hamro Patro News
39m ago
प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय

प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय

काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई नय...

#काठमाडौं #मन्त्रीको
Compare →
Nagarik News
23h ago
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ।

#उत्पादन
Compare →
Arthasansar
1h ago
रेमिट्यान्सले बढ्यो विदेशी मुद्रा सञ्चिति, १७ महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने, व्यापार घाटा भने ५ खर्ब माथि

रेमिट्यान्सले बढ्यो विदेशी मुद्रा सञ्चिति, १७ महिनाको वस्तु तथा सेवा आयात धान्ने पुग्ने, व्यापार घाटा भने ५ खर्ब माथि

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेख्य वृद्धि भएका कारण नेपालको बाह्य क्षेत्रका सूचकहरू बलियो देखिएका छन्...

#खर्ब #आयात
Compare →

Related Stories

Business & Economy
Build #2612