सर्लाही । बरहथवा नगरपालिका–६ स्थित बरहथवा नगर अस्पतालमा भएको तोडफोड तथा आगजनीबाट करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बरहथवा नगरपालिका–५ निवासी ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरा तथा रौतहटको गुजरा नगरपालिका–९, सिमरा निवासी ४२ वर्षीय भुनेसी महरा र २० वर्षीय राजन महरा रहेका छन्।
Read full story at source ( kendrabindu.com )