Trending
Prev Story
Next Story

सिरहामा ७२ किलो गाँजासहित एक जना पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, सिरहा । सिरहामा ट्याक्टरको टुल बक्सभित्र लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ सारस्वर टोलका ३३ वर्षीय अनिलकुमार महतो रहेका छन् । जिल्ला प्रहरी कार्यालय …

सिरहामा ७२ किलो गाँजासहित एक जना पक्राउ

६ मंसिर, सिरहा । सिरहामा ट्याक्टरको टुल बक्सभित्र लुकाएर लैजाँदै गरेको ७२ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ सारस्वर टोलका ३३ वर्षीय अनिलकुमार महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ९:३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ट्याक्टरलाई विशेष सूचनाका आधारमा रोकेर जाँच गरिएको थियो ।

जाँचका क्रममा ना.१ त ६३९१ नम्बरको ट्याक्टरको इन्जिन टेलरमा रहेको टुलबक्सभित्र फल्स बटम बनाइ प्लास्टिक टेपले बेरेर लुकाइराखेको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ७२ किलो रहेको छ । घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक महतोलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

प्रहरीले ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

#किलो #गाँजासहित
Compare →
Ekantipur
3d ago
भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

भीमफेदीमा ११७ किलोभन्दा बढी गाँजासहित कार बरामद, चालक फरार

मकवानपुरको भीमफेदीबाट १ सय १७ किलो ९१० ग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ।

#किलो #गाँजासहित
Compare →
Hamro Patro News
5h ago
करिब पाँच क्विन्टल गाँजासहित एक जना पक्राउ

करिब पाँच क्विन्टल गाँजासहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले पाँच क्विन्टल गाँजासहित विराटनगर महानगरपालिका–१३ का चालक अजयकुमार साहलाई नियन्त्रणमा लिएको छ । गएराति भेडेटारबाट धरानतर्फ आइरहेको बी आर ११ वाई ३०३९ भारतीय नम्बर प्ल...

#गाँजासहित
Compare →
Bizshala
4d ago
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट...

#किलो
Compare →

Related Stories

National (Nepal)
Build #2612