जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–६ स्थित मिर्चैया–कटारी सडक खण्डमा रहेको होलिडे होटल अगाडिबाट शनिबार साँझ उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको प्रदेश ०१–००५ प ९१२४ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )